तनहुँ । तनहुँको भानु नगरपालिकाको वडा नम्बर ५ र ६ को सिमाना नाबरुङ्ग स्थित फापरपानी खोल्सामा बिहिबार मृत अवस्थामा भानु-१ भन्सार निवासी १९ वर्षीय पविन गुरुङको परिवारले जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दर्ता गराएका छ्न ।
पिडित पक्षले भानु-५ का वडाअध्यक्ष प्रकाश मल्ल(टाइसन) सहित १६ जना युवा विरुद्ध किटानी जाहेरी दर्ता गराएका हुन् ।
घटना बारे अनुसन्धानका लागि जाहेरी परेका १६ जना नै हिरासतमा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी सिलवालले जानकारी दिए ।
गत मंगलबार (वैशाख ९ गते) राति स्थानीय युवा बीच झडप भएको र उक्त झडप पछि सम्पर्कमा नआएका गुरुङ बिहीबार(वैशाख ११ गते) दिउसो फापरपानी खोल्सामा मृत अवस्थामा भेटिएका थिए ।

उक्त घटनाका विषयमा थप अनुसन्धान भईरहेको र मृतकको शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको भएपनि हालसम्म शव परीक्षण हुन सकेको छैन । अस्पतालले भोलि आइतबार पोस्टमार्टमका लागि पोखरा रिफर गरिदिएको भानु-१ का वडाअध्यक्ष प्रेम लामाले जानकारी दिए ।
शुक्रबार उक्त घटनामा संलग्न भएको आशंकामा पीडित पक्षले वडा अध्यक्ष मल्ल सहित १६ जना युवा विरुद्ध किटानी जाहेरी दिने प्रयास गरेपनि प्रहरीले किटानी जाहेरी लिन थिएनन् । प्रकाश मल्ल नेपाली काङ्ग्रेसबाट निर्वाचित वडाअध्यक्ष हुन ।
वडाअध्यक्ष प्रकाश मल्लकै संलग्नतामा आफ्नो छोराको हत्या गरिएको मृतकका बुबा बुद्धिराज गुरुङको दाबि छ ।
पोखरा-११ रानीपौवा बस्ने गुरुङ लकडाउनको समयमा दिदिको घर आएका थिए । मृतक गुरुङ कक्षा ११ मा अध्ययनरत थिए ।
यो पनि :
सम्बन्धित खबर
फेदीखोलामा राष्ट्रिय कोदो दिवस, स्थानीय परिकार र खेती प्रवर्द्धनमा जोड
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन