भानुको युवक हत्या प्रकरण: वडाअध्यक्ष मल्लसहित १६ विरुद्ध तनहुँ प्रहरीमा किटानी जाहेरी दर्ता

भानुको युवक हत्या प्रकरण: वडाअध्यक्ष मल्लसहित १६ विरुद्ध तनहुँ प्रहरीमा किटानी जाहेरी दर्ता

Bhanu Yuwak Hatya Case JAheri Darta

तनहुँ । तनहुँको भानु नगरपालिकाको वडा नम्बर ५ र ६ को सिमाना नाबरुङ्ग स्थित फापरपानी खोल्सामा बिहिबार मृत अवस्थामा भानु-१ भन्सार निवासी १९ वर्षीय पविन गुरुङको परिवारले जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दर्ता गराएका छ्न ।

पिडित पक्षले भानु-५ का वडाअध्यक्ष प्रकाश मल्ल(टाइसन) सहित १६ जना युवा विरुद्ध किटानी जाहेरी दर्ता गराएका हुन् ।

घटना बारे अनुसन्धानका लागि जाहेरी परेका १६ जना नै हिरासतमा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी सिलवालले जानकारी दिए ।

गत मंगलबार (वैशाख ९ गते) राति स्थानीय युवा बीच झडप भएको र उक्त झडप पछि सम्पर्कमा नआएका गुरुङ बिहीबार(वैशाख ११ गते) दिउसो फापरपानी खोल्सामा मृत अवस्थामा भेटिएका थिए ।

उक्त घटनाका विषयमा थप अनुसन्धान भईरहेको र मृतकको शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको भएपनि हालसम्म शव परीक्षण हुन सकेको छैन । अस्पतालले भोलि आइतबार पोस्टमार्टमका लागि पोखरा रिफर गरिदिएको भानु-१ का वडाअध्यक्ष प्रेम लामाले जानकारी दिए ।

शुक्रबार उक्त घटनामा संलग्न भएको आशंकामा पीडित पक्षले वडा अध्यक्ष मल्ल सहित १६ जना युवा विरुद्ध किटानी जाहेरी दिने प्रयास गरेपनि प्रहरीले किटानी जाहेरी लिन थिएनन् । प्रकाश मल्ल नेपाली काङ्ग्रेसबाट निर्वाचित वडाअध्यक्ष हुन ।

वडाअध्यक्ष प्रकाश मल्लकै संलग्नतामा आफ्नो छोराको हत्या गरिएको मृतकका बुबा बुद्धिराज गुरुङको दाबि छ ।

पोखरा-११ रानीपौवा बस्ने गुरुङ लकडाउनको समयमा दिदिको घर आएका थिए । मृतक गुरुङ कक्षा ११ मा अध्ययनरत थिए ।

यो पनि :

तनहुँ भानुको युवक हत्या प्रकरण: वडाअध्यक्ष सहित १६ जना प्रहरी हिरासतमा, प्रहरीले जाहेरी लिन मानेन (भिडियो सहित)

तनहुँको भानुमा युवकको शव फेला, १४ युवा प्रहरी नियन्त्रणमा

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ