तनहुँ भानुको युवक हत्या प्रकरण: वडाअध्यक्ष सहित १६ जना प्रहरी हिरासतमा, प्रहरीले जाहेरी लिन मानेन (भिडियो सहित)

तनहुँ भानुको युवक हत्या प्रकरण: वडाअध्यक्ष सहित १६ जना प्रहरी हिरासतमा, प्रहरीले जाहेरी लिन मानेन (भिडियो सहित)

Bhanu yuwa death bhanu

तनहुँ । तनहुँको भानु नगरपालिकाको वडा नम्बर ५ र ६ को सिमाना नाबरुङ्ग स्थित फापरपानी खोल्सामा बिहिबार एक युवक मृत अवस्थामा भेटिएका थिए । भानु-१ भन्सार निवासी १९ वर्षीय पविन गुरुङ मृत अवस्थामा खोल्सामा भेटिएका हुन् ।

गत बुधबार (वैशाख ९ गते) स्थानीय युवा बीच झडप भएको र उक्त झडप पछि सम्पर्कमा नआएका गुरुङ बिहीबार फापरपानी खोल्सामा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

सामान्य भनाभनको निहुँमा युवा बीच झडप भएको प्रारम्भिक अनुसन्धानमा बुझिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी विनोद सिलवालले बताए ।

उक्त घटनामा भानु-५ का वडा अध्यक्ष प्रकाश मल्ल(टाइसन) सहित १६ जना युवा संलग्न भएको आशंकमा अनुसन्धानका लागि हिरासतमा राखेको प्रमुख एसपी सिलवालले जानकारी दिए ।

तनहुँको भानुमा युवकको शव फेला, १४ युवा प्रहरी नियन्त्रणमा

उक्त घटनाका विषयमा थप अनुसन्धान भईरहेको र मृतकको शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको भएपनि हालसम्म शव परीक्षण हुन सकेको छैन ।

उक्त घटनामा संलग्न भएको आशंकामा पीडित पक्षले वडा अध्यक्ष मल्ल सहित १६ जना युवा विरुद्ध किटानी जाहेरी दिने प्रयास गरेपनि प्रहरीले किटानी जाहेरी लिन नमानेको मृतकका बुबा बुद्धिराज गुरुङले बताए । प्रकाश मल्ल नेपाली काङ्ग्रेसबाट निर्वाचित वडाअध्यक्ष हुन ।

‘वडाअध्यक्ष प्रकाश मल्लकै संलग्नतामा आफ्नो छोराको हत्या गरिएको हो ।’ गुरुङले भने ‘प्रहरी जाहेरी लिन मानेन ।’ उनले भने ‘प्रहरीले वडाअध्यक्षको नाम हटाएर जाहेरी ल्याउनुस भनेर दबाब दिएको छ ।’ किटानी जाहेरीमा १६ जनाको नाम रहेको मृतकका बुबा बुद्धिराज गुरुङले बताए ।

वडाअध्यक्षको नाम राख्नु गलत भयो भनेर प्रहरीले भनेको गुरुङले बताए । वडाअध्यक्षकै चलखेलमा यो घटना घटाएको मृतकका बुबाको आरोप छ ।

शुक्रबार राति आएको र सुनेको आधारमा किटानी जाहेरीमा धेरैको नाम रहेको हुँदा दर्ता नभएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपि विनोद सिलवालले बताए ।

पोखरा-११ रानीपौवा बस्ने गुरुङ लकडाउनको समयमा दिदिको घर आएका थिए । मृतक गुरुङ कक्षा ११ मा अध्ययनरत थिए ।

यसो भन्छन मृतकका बुबा बुद्धिराज गुरुङ (भिडियो)

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ