तनहुँको भानुमा युवकको शव फेला, १४ युवा प्रहरी नियन्त्रणमा

तनहुँको भानुमा युवकको शव फेला, १४ युवा प्रहरी नियन्त्रणमा

Bhanu yuwa death

तनहुँ । तनहुँको भानु नगरपालिका वडा नम्बर ५ र ६ को सिमाना नाबरुङ्ग स्थित फापरपानि खोल्सामा एक युवकको शव फेला परेको छ ।

भानु-१ भन्सार निवासी १९ वर्षिय पविन गुरुङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । गत बुधबार (वैशाख ९ गते) स्थानिय युवा बीच झडप भएको थियो ।

उक्त झडपपछि सम्पर्कमा नआएका गुरुङको शव बिहिबार उक्त खोल्सामा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी विनोद सिलवालले जानकारी दिए ।

सामान्य भनाभनको निहुँमा युवा बीच झडप भएको प्रारम्भिक अनुसन्धानमा बुझिएको प्रमुख सिलवालले बताए ।

प्रहरीले भानु-१ भन्सारका ३ जना र भानु-५ नाबरुङ्गका ११ जना गरि कुल १४ जना युवालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । मृतकको शव परिक्षणका लागि दमौली अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ