पोखरा – पोखरामा आइतबार थप एक जनाको कोरोनाबाट मृत्यु पुष्टि भएको छ । योसंगै आज मृत्यु पुष्टि हुनेको संख्या १२ पुगेको छ।
मृतक पर्वत जिल्ला फलेवास नगरपालिका -५ निवासी ६४ वर्षीय पुरुष रहेका छन् ।
गत शुक्रबार कोरोना पोजेटिभ पुष्टि भएर उपचारका लागि संक्रामक तथा सरुवा रोग अस्पताल पोखरा भर्ना भएका उनको उपचारकै क्रममा आज बिहान ९:३२ बजेको समयमा मृत्यु भएको हो ।
मृतक पुरुषमा कोरोनासंगै निमोनियाको समस्या रहेको अस्पतालले जनाएको छ।
आज मात्रै मृत्यु पुष्टि भएका १२ सहित गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २६३ पुगेको निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिए।
यो पनि पढ्नुस् !
सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम