पोखरा – कोरोना संक्रमणका कारण आइतबार पोखरामा अहिलेसम्मकै उच्च संख्यामा मृत्यु पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना पोजेटिभ पुष्टि भइ पोखराका विभिन्न अस्पतालमा उपचाररत ११ जनाको एकैदिन मृत्यु पुष्टि भएको हो ।
मृतकहरु मध्ये कास्की जिल्ला पोखरा महानगरपालिकाका मात्रै ६ जना छन् ।
मृत्यु पुष्टि हुनेमा कास्की जिल्ला पोखरा महानगरपालिका -१७ निवासी ५३ वर्षीय पुरुष, रुपन्देही जिल्ला सिद्धार्थ नगरपालिका -७ निवासी ६० वर्षीय पुरुष, स्याङ्गजा जिल्ला वालिङ नगरपालिका -३ निवासी ४५ वर्षीय पुरुष, कास्की जिल्ला पोखरा महानगरपालिका -९ निवासी ३१ वर्षीया महिला, म्याग्दी जिल्ला मालिका गाउँपालिका -५ निवासी ५८ वर्षीय पुरुष, स्याङ्गजा जिल्ला गल्याङ नगरपालिका -३ निवासी ६० वर्षीया महिला र कास्की जिल्ला पोखरा महानगर -२ निवासी ५८ वर्षीय पुरुष रहेका छन् ।
यस्तै, अन्य मृतकमा पोखरा -२७ निवासी ५२ वर्षीय पुरुष, पोखरा -१९ निवासी ५८ वर्षीय पुरुष, पोखरा -१२ निवासी ३५ वर्षीया महिला र पर्वत जिल्ला कुश्मा नगरपालिका -१३ निवासी ४२ वर्षीय पुरुष रहेको निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले पुष्टि गरे।
आज थप भएका मृतकसंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २६२ पुगेको छ।


सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’
सरकारी कर्मचारीको तलब १५ देखि २५ प्रतिशतसम्म बढाउने सरकारको तयारी
सेती नदीमा हामफालेका भारतीय युवक मृत फेला