पोखरा – आइतबार मात्र पोखराका २२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य निर्देशनालयको आइतबार बिहान पहिलो र दोस्रो अद्यावधिक विवरणमा ५/५ गरी १० जनामा कोरोना संक्रमण पुष्टी भएकोमा आइतबारकै तेस्रो तथा पछिल्लो अद्यावधिक विवरणमा थप १२ जनामा कोरोना संक्रमण पुष्टी भएको निर्देशनालयले जनाएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखराका १२ सहित स्याङ्गजाका दुई जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
संक्रमितहरु पोखरा महानगरपालिका वडा नं -१५ का ५० बर्षका दुई महिला र पुरुष, पोखरा -५ का ३७, ३८, ६७ र ५२ बर्षका चार जना महिला र ४१, ६४ र ७५ बर्षका तीनजना पुरुष, पोखरा -१४ का ३७ बर्षीय पुरुष, पोखरा -१६ का १८ बर्षीय युवक र पोखरा -७ का ३० बर्षीय पुरुषमा कोरोना पुष्टी भएको निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
यस्तै, स्याङ्गजाको पुतलीबजार नगरपालिकाका ४५ र ५५ बर्षका दुई महिलामा पनि कोरोना संक्रमण पुष्टी भएको निर्देशनालयले जनाएको छ । यो संगै गण्डकीमा कोरोना संक्रमितहरुको संख्या १७३५ पुगेको छ ।
सम्बन्धित खबर
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम