पोखरा – स्वास्थ्य निर्देशनालयका अनुसार आइतबार एकै दिन पोखरा महानगरका २२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणमा महानगरका २२ जनामा कोरोना संक्रमण पुष्टी भएको निर्देशनालयले जनाएको छ ।
बिहान ६:२० बजेको अध्यावधिक विवरण अनुसार वडा नं – १६ मा २२ र ३० बर्षका दुई पुरुष र २२ र ५० बर्षका दुई महिलामा कोरोना संक्रमण पुष्टी भएको छ । यस्तै, पोखरा वडा नं -५ मा पनि ३३ बर्षीया एक महिलामा कोरोना पुष्टी भएको निर्देशनालयले जनाएको छ ।

बिहान ९:३० बजेको अर्को अध्यावधिक विवरण अनुसार स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरपालिका वडा नं – ८ मा ५२ र ५१ बर्षका दुई पुरुष, वडा नं –३२ मा ८६ बर्षका १ महिला, वडा नं – २८ मा ३८ बर्षका १ पुरुष र वडा नं – २६ मा ५३ बर्षका १ पुरुषमा कोरोना संक्रमण पुष्टी भएको निर्देशनालयले जनाएको छ ।

दिउसो ३:५० बजेको अध्यावधिक विवरण अनुसार संक्रमितहरु पोखरा महानगरपालिका वडा नं -१५ का ५० बर्षका दुई महिला र पुरुष, पोखरा वडा नं -५ का ३७, ३८, ६७ र ५२ बर्षका चार जना महिला र ४१, ६४ र ७५ बर्षका तीनजना पुरुष, पोखरा वडा नं -१४ का ३७ बर्षीय पुरुष, पोखरा -१६ का १८ बर्षीय युवक र पोखरा वडा नं -७ का ३० बर्षीय पुरुषमा कोरोना पुष्टी भएको निर्देशनालयले जनाएको छ ।

सम्बन्धित खबर
२६औँ आहा ! रारा पोखरा गोल्डकप माघ ५ गतेदेखि
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
पोखरा–दुबई उडानको एक वर्षको टिकट बुकिङ खुला
संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरूद्वारा सुझाव संकलन
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते