थप दुई कोरोना संक्रमितको मृत्यु, हालसम्म ७५ जनाको निधन

थप दुई कोरोना संक्रमितको मृत्यु, हालसम्म ७५ जनाको निधन

corona death

कोरोना संक्रमित थप दुईजनाको निधन भएको छ । यो सँगै संक्रमण भएर मृत्यु हुनेको संख्या ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कास्की जिल्ला पोखरा उपमहानगरपालिका– १९ का ६२ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा शनिबार मृत्यु भएको हो ।

उनी मधुमेहका बिरामी भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

त्यसैगरी पर्सा जिल्ला वीरगन्ज महानगरपालिका– २ की २० वर्षीया महिलाको पनि शनिबार निधन भएको छ ।

उनलाई उपचारका लागि नारायणी कोभिड अस्थायी अस्पताल लगेपछि मृत्यु भएको गौतमले जानकारी दिए ।

यो पनि

कोरोना संक्रमणबाट पोखरा-१९ का ६२ बर्षीय पुरुषको मृत्यु

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds