कोरोना संक्रमणबाट पोखरा-१९ का ६२ बर्षीय पुरुषको मृत्यु

कोरोना संक्रमणबाट पोखरा-१९ का ६२ बर्षीय पुरुषको मृत्यु

western regional hospita

पोखरा – पोखरामा कोरोना संक्रमित एक व्याक्तिको मृत्यु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पताको कोरोना उपचार केन्द्रमा उपचाररत पोखरा महानगरपालिका वडा नं -१९ निवासी ६२ बर्षीय पुरुषको मृत्यु भएको अस्पताले जनाएको छ

संक्रमित व्याक्ति गत साउन १७ गते कोरोना पुष्टी भइ पश्चिमांचल अस्पतालको आइसीयुमा भर्ना भएका थिए  । मधुमेहका विरामी समेत रहेका उनको गएराती ११:३५ बजे उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालयका सह निर्देशक अर्जुन आचार्यले जानकारी दिए ।

मृतक कोरोना संक्रमणबाट मृत्यु हुने पहिलो पोखरेली हुन । यसअघि, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा दुई जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ