पोखरा । सेती नदिबाट लगातार दोस्रो दिन शव निकालिएको छ । सोमबार गोरखा आरुघाट घर भई पोखरा बस्दै आएका अमृत थापा मगरको शव ४५ दिनपछि निकालिएको ठाउँबाटै मंगलबार अर्का वृद्धको शव निकालिएको छ ।
मंगलबार म्याग्दी घर भई कास्की पोखरा महानगरपालिका १ गाईघाट शान्तिचोक बस्ने वर्ष ६५ को मन बहादुर परियारको शव नदिमा भेटिएको हो । पूर्वान्ह ११ः४० बजेको समयमा गाईघाटमा हातगोडा धुन गएका परियार एक्कासी चिप्लिन गई नदिले बगाएकोमा सोही स्थानकै काली खोला र सेती खोलाको विचको खोचमा मृत अवस्थामा फेला परेको प्रदेश प्रहरीले जनाएको छ ।
मनबहादुर दुई छोरा, बुहारी, नातिनीका साथ संयुक्त परिवारमा बस्दै आएका थिए । चार वर्ष अघि उनकी श्रीमतीको निधन भएको थियो । छोरा राजु परियारका अनुसार घरमा चिया खान दुध लिन भन्दै उनी पैसा लिएर घरबाट बाहिर निस्किएका थिए ।
सम्बन्धित खबर
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
जम्न थाले मनाङका नदी र ताल
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले गरे मुक्तिनाथको दर्शन
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम