गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । गोरखा आरुघाट घर भएका अमृत थापा मगर पोखरा १६ दीपमा बस्दै आएका थिए । गत चैत २८ गते लकडाउनकै समयमा उनी माछा मार्ने भन्दै सेती नदि पुगे । त्यसबेलादेखि सेती नदिमा बेपत्ता भएका २४ वर्षीय अमृत ४५ दिन पछि मृत अवस्थामा भेटिएका छन् ।
पोखरा १ बगर पीएन क्याम्पसको तल सेती नदिको खोँचमा माछा मार्न गएका उनी पौडी खेल्न नदीमा पसेका थिए । त्यसबेला देखि बेपत्ता भएका अमृतको शव सशस्त्र प्रहरीको टोलीले निकालेको हो । सामान्य परिवारका उनी यातायात मजदुरका रुपमा काम गर्थे । उनी एक्ला छोरा हुन् । तीन दिदी, एक बहिनी छन् । उनको बुवाआमा बितिसकेका छन् । तीन दिदीको घरजम भइसकेको छ । अमृतले बहिनीलाई १२ सम्म पढाएका छन् । अहिले बहिनीको बिचल्ली भएको छ ।
वेपत्ता भएदेखि उनको खोजी कार्य भएपनि भेटाउन सकिएको थिएन । एपिएफको गोताखोर टोलीले खोजि गर्दा भेटाउन नसकेकोमा आज सोमबार दिउँसो १ बजे पोखरा १ र १६ को बिचमा पर्ने सेती नदिको खोँचमा पानीमा तैरिएको अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्र वावु रेग्मीले जानकारी दिए ।
उनी आफ्ना अन्य २ जना साथीहरुसँग सेती नदिको खोंचमा गएकोमा डुबेर बेपत्ता भएका थिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार