‘मिस क्विन तनहुँ २०१८’को उपाधि आबुखैरेनीकी सोर्णीमा गुरुङलाई

‘मिस क्विन तनहुँ २०१८’को उपाधि आबुखैरेनीकी सोर्णीमा गुरुङलाई

miss queen 2018 1

किरण श्रेष्ठ, तनहुँ । ‘मिस क्विन तनहुँ २०१८’को उपाधि सोर्णीमा गुरुङले जित्न सफल भएकी छन् । उत्तरशिला चलचित्र मन्दिर दमौलीमा शनिबार साँझ सम्पन्न मिस क्विन तनहुँको सिजन ३ मा १४ जना प्रतियोगीलाई पछि पार्दै आबुखैरेनी गाउँपालिका वडा नम्बर ३ निवासी १९ वर्षकी गुरुङले उपाधी चुमेकी हुन् ।

प्रतियोगितामा भानु नगरपालिका वडा नम्बर २ नारेश्वटारकी १७ वर्षकी प्रभा श्रेष्ठ फस्ट रनरअप भइन् । सेकेन्ड रनरअपको उपाधी देविका खड्काले जितिन् । थर्ड रनरअपको उपाधी टिस्टा श्रेष्ठले जितिन् । त्यसैगरी भ्युअर चोइस अवार्ड गोरी गुरुङले जितिन् । ‘मिस क्विन तनहुँ २०१८’को उपाधी संगै गुरुङले मोस्ट क्रियटिभको उपाधी समेत जितिन ।

त्यस्तै प्रभा श्रेष्ठले मिस कन्फिडेन्ट, देविका खड्काले बेस्ट फिगर, टिस्टा श्रेष्ठले बेस्ट स्किन, गोरी गुरुङले मिस फोटोजेनिक, मनिता थापा मगरले मोस्ट डिसिपिलिन, सृजाना खत्रीले बेस्ट प्रश्नालिटी र मिस पङ्चुअल, अन्जली धमेलले बेस्ट स्माइल, आकृति राना मगरले बेस्ट वाक र मिस पपुलर, तारा थापा मगरले मिस फ्रेन्डली, सरिना थापा मगरले मिस ट्यालेन्ट, अनिता सुनानी मागरले मोस्ट ब्युटीफुल, दिपा थापाले मिस हेल्पफुल, सफल घिमिरेले मोस्ट डेडिकेटेट र सविना गुरुङले बेस्ट हेयरको उपाधीले जितेका छिन ।

सम्पूर्ण प्रतियोगीहरु लाइ मायाको चिनो र प्रमाणपत्र दिइएको थियो । प्रतियोगिताको ग्राण्ड फिनालेको निर्णायकहरुमा म्यान अफा द वल्ड नेपालका श्रीराम चन्द ठकुरी, मिस क्विन तनहुँ २०१६ की विजेता शर्मिला दुरा र आरजे/भिजे तथा मोडल रोजी श्रेष्ठ  रहेका थिए । विजेता गुरुङले इन्डोनेसियाको बालि टुर गर्ने अवसर संगै ताज, प्रमाणपत्र र मायाको चिनो प्राप्त गरेकी छन् । प्रतियोगिताको फस्ट रनरअपले १५  हजारको चेकसहित ताज, प्रमाणपत्र तथा मायाको चिनो र सेकेण्ड रनरअपले सात हजारको चेकसहित ताज, प्रमाणपत्र तथा मायाको चिनो त्यस्तै थर्ड रनरअपले पाँच हजारको चेकसहित ताज, प्रमाणपत्र तथा मायाको चिनो प्राप्त गरेका छन् ।
चर्चित र्यापर भिटेनले धमाकेदार प्रस्तुति दमौलीमा प्रस्तुत गरेका छन् । मिस क्वीन तनहुँ २०१८ को ग्राण्ड फिनालेमा उनले आफ्नो चर्चित गीतहरु प्रस्तुत गरेका हुन् । युवायुवती माझ निकै चर्चित रहेका र्याप गीत भिटेनले लाइभ प्रस्तुत गरेका थिए । भिटेनका ‘गरिब…’, ‘चुरोट…’, ‘बैनी…’, ‘लफंगा…’, ‘खलासी…’ ‘सिमसिमे पानि ….’ आदि आफ्ना चर्चित र्याप गितहरु गाएका थिए ।

विजेताहरु लाइ निर्णायक, विशिष्ट अतिथि, आयोजक तथा अघिल्लो वर्षका उपाधी विजेताहरुले क्राउन, मायाको चिनो, चेक प्रदान गरेका थिए । तनहुँ इभेन्ट म्यानेजमेन्टको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो । उक्त ग्राण्ड फिनालेको प्रमुख अतिथि व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपाने र विशिष्ट अतिथि व्यास २ का वडा अध्यक्ष काशिराम श्रेष्ठ रहेका थिए । युवतीहरुको प्रतिभा प्रस्फुटन गर्ने कार्यक्रम भएकोले राम्रो रहेको प्रमुख अतिथि न्यौपानेले बताए ।

कार्यक्रममा स्थानिय र्यापर रबिन जंग छेत्री, मास्टर जी र अबरार दिन मियाले आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए । त्यस्तै कार्यक्रममा तनहुँ राइजिङ स्टार डान्स स्कुल, भिक्टोरिया डान्स, तनहुँ नाच घर, एवाइसि डान्स ग्रुपको कौरा नृत्य, रियाज म्युजिक सेन्टर, सबिता थापा लगाएतले आ-आफ्नो प्रस्तुति राखेका थिए ।

कार्यक्रमको फोटोग्राफी पार्टनरको रुपमा आगमन फोटोग्राफी रहेको थियो । प्रतियोगिताको मुख्य प्रायोजक भूपू सैनिक हार्डवेयर दमौलीले गरेको थियो । जिल्लामा छरिएर रहेका युवतीहरुको आन्तरिक प्रतिभालाई उजागार गरि आत्मनिर्भर बनाउन ‘मिस क्विन तनहुँ २०१८’ को आयोजना गरिएको आयोजक संस्था अध्यक्षकी सरिता थापा मगरले बताइन ।

१६ देखि ३० वर्ष उमेर समुहका अविवाहित युवतीले भाग लिन पाउने प्रतियोगीतामा अन्तिम प्रतिस्पर्धाका लागि छानिएका प्रतियोगी व्यक्तित्व विकास, सञ्चार, कला, शैक्षिक भ्रमण, सडक नाटक, फोटोसेसन, महिला सशक्तीकरण, सामाजिक क्रियाकलाप, फेसन, प्रेरणा, नेतृत्व क्षमता जस्ता विषयमा प्रशिक्षकहरु द्वारा प्रशिक्षण प्रदान गरि एक महिने बन्द प्रशिक्षण सहित फाइनलमा उत्रेका हुन । उक्त ग्राण्ड फिनालेको संचालन एकिन गुरुङ, संचारकर्मी द्वय शर्मिला राना र किरण श्रेष्ठले गरेका थिए । कार्यक्रमको मिडिया पार्टनरको रुपमा गण्डक न्युज डट कम, व्यास एफएम र खबरबाटिका डट कम रहेको थियो ।

यो पनि पढ्नुहोस :

मिस क्विन तनहुँ २०१८ को ग्राण्ड फिनालेमा चर्चित र्यापर भिटेनको प्रस्तुति

‘मिस क्विन तनहुँ २०१८’ को ट्यालेन्ट राउण्ड सम्पन्न

‘मिस क्विन तनहुँ २०१८’ का लागि दमौलीबाट १३ जना छनौट

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds