किरण श्रेष्ठ, तनहुँ । ‘मिस क्विन तनहुँ २०१८’ को अडिसन शनिबार दमौलीमा सम्पन्न भएको छ । ‘मिस क्विन तनहुँ’ को यो तेस्रो सिजन हो ।
तनहुँ इभेन्ट म्यानेजमेन्टको आयोजनामा भएको मिस तनहुँमा भाग लिन जिल्लाका विभिन्न ठाँउबाट प्रतियोगीहरु आएका थिए । दमौलीमा भएको अडिसनबाट १३ प्रतियोगी अन्तिम चरणका लागि छनौटमा परेको तनहुँ इभेन्ट म्यानेजमेन्टकी अध्यक्ष सरिता थापाले जानकारी दिइन् ।
प्रतियोगिताको छिट्टै आबुखैरेनिमा अर्को अडिसन हुने थापाले जानकारी दिइन । विभिन्न चरण मार्फत अन्तिम प्रतिस्पर्धाका लागि छनौट भएका प्रतियोगीले मात्र अन्तिम प्रतिस्पर्धामा सहभागी हुन पाउनेछन् । जिल्लामा छरिएर रहेका युवतीहरुको आन्तरिक प्रतिभालाई उजागार गरि आत्मनिर्भर बनाउन ‘मिस क्विन तनहुँ’ को आयोजना गरिएको आयोजकले बताएका छन । १६ देखि ३० वर्ष उमेर समुहका अविवाहित युवतीले भाग लिन पाउने प्रतियोगीतामा प्रतियोगी एक महिने बन्द प्रशिक्षणसहित फाइनलमा उत्रिने छन् ।
मिस क्विन तनहुँ २०१६ की विजेता सर्मिला दुरा, मिस क्विन तनहुँ २०१७ की बिजेता सन्जु थापा मगर र गायक क्रिजन पुन मगर, न्यु क्रियसन इभेन्ट म्यानेजमेन्टकी अध्यक्ष पवित्रा थापाले प्रतियोगी छनोट गरेका थिए । “मिस क्विन तनहुँ २०१८” को बिजेताले इन्डोनेसियाको बालि टुर गर्ने अवसर संगै ताज, प्रमाणपत्र र मायाको चिनो पाउने आयोजकले जनाएको छ । कार्यक्रमको फोटोग्राफी पार्टनरको रुपमा आगमन फोटोग्राफी रहेको छ ।
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण