पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तिर्ण भई हालैमात्र कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई भविश्यबारेको दिइने सुझाव के हुन सक्छ ? राम्रो पढ्नु, उचित विषय छानेर अध्ययन थाल्नु, भविश्य हेरेर विषय छनोट गर्नु । यस्तै यस्तै सुझाव धेरैले दिन्छन् ।
तर, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले भर्खरै ११ कक्षा अध्ययन थालेका विद्यार्थीलाई दिएको सुझाव छ–जिन्दगीमा कति जनालाई रोजगारी दिने हो, त्यो योजना डायरीमा कोर्नुस् र अध्ययन थाल्नुस्, त्यसले तपाईँलाई गन्तव्यमा पुर्याउन सघाउनेछ ।’
पोखराको पालिखेचोकस्थित प्रतिभा माविले सोमबार नवआगन्तुक विद्यार्थीका लागि आयोजित स्वागत र उत्प्रेरणामूलक कार्यक्रममा प्रमुख अतिथि समेत रहेका मेयर आचार्यले विद्यार्थीलाई सुझाए,’ ‘हरेकवर्ष नयाँ विद्यार्थी कक्षा कोठा (११) मा आउँछन् । त्यो बेला उनीहरु अन्योलमा हुन्छन । त्यसैले गन्तव्य पहिचान गरेर मात्र अध्ययन थाल्नुस, त्यसो भयो भने भविश्य उज्जवल हुन्छ ।’
मेयर आचार्यले एक कदम माथि उठेर गन्तव्य पहिचान गर्न विद्यार्थीलाई सुुझाव पनि दिए । ‘भविष्य बुझेर मात्र पढ्नुस । तपाईंका दिन एकदमै छोटा छन,’ उनले भने, ‘यो बेला उमेरको हिसाबले बढ्दो अवस्था भएकोले भविश्यबारे ख्याल गर्नुस् ।’
भविश्यमा कम्तिमा पनि केही सयजनालाई काम दिनेछु भनेर योजना बनाउने हो भने सफलता हात पर्ने मेयर आचार्यले बताए ।
‘कम्तिमा ५/७ सय जनालाई रोजगार दिनेछु भनेर योजना बनाउनुस् । अहिले नै योजना बनाएर राख्ने गर्नुस, त्यो योजना डायरीमा टिप्नुहोस,’ कार्यक्रम उद्घाटन गर्दै उनले भने, ‘मैले पनि त्यस्तै योजना बनाएको थिए । त्यस्तो योजनाले तपाइँलाई सफतलाको मार्गमा डोर्याउनेछ ।’ मेयर आचार्यले विद्यार्थीलाई भने, ‘तपाइँको डायरीमा तपाइले योजना कोर्ने हो । अरुले त्यो काम गरिदिन्न, आफैले गर्ने हो । त्यसका लागि विद्यार्थीसँग धैर्यता चाहिन्छ, अनि साहस पनि चाहिन्छ ।’
कार्यक्रममा मणिपाल शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडुभिलले जिन्दगीमा सुझ दुःख धेरै हुने भएपनि प्रगतिशिल हुन विद्यार्थीलाई सुझाए । उनले विद्यार्थीलाई सकारात्मक सोँच राख्न पनि सुझाव दिए । ‘जिन्दगीमा सुखदुःख धेरै नै हुन्छन् । त्यसैले प्रगतिशील हुनुपर्छ । सधैं सकारात्मक सोचौं, त्यसो भयो भने सफलता हात पार्छ,’ उनले भने ।
मनोपरामर्शदाता तथा उत्प्रेरक डा. ताराजीले जीवनको लक्ष्य पहिचान गरेर अघि बढ्न नवआगन्तुक विद्यार्थीलाई सुुझाए । अरुको लहैलहैमा नलाग्न उनको अनुरोध थियो । ‘पहिला लक्ष्य पहिचान गर्नुस्, त्यो लक्ष्य भेटाउन मेहनत गर्नैपर्छ । अरुको लहैलहैमा लाग्दा लक्ष्य नभेटिन पनि सक्छ,’ उनले भने, ‘सही मार्ग पहिल्याउन सकियो भने लक्ष्य पुरा हुनेछ ।’ उनले कुनैपनि निर्णय लिईसकेपनि त्यसलाई पुरा गर्न लागि पर्नुपर्ने पनि सुझाव दिए ।
विद्यालयका प्राचार्य किरण सापकोटाले पोखरा पर्यटनको मात्र नभई शिक्षाको पनि राजधानी भएको बताए । ‘जिवनमा धनि र शक्तिशाली भन्दा असल मान्छे बन्नुपर्छ,’ नवआगन्तुक विद्यार्थीलाई सुझाव दिँदै उनले भने, ‘त्यसका लागि मेहनत चाहिन्छ । उनले प्रतिभा माविले विद्यार्थीलाई संस्कार सहितको शिक्षा दिने बताए ।
‘प्रतिभा माविले किताबी ज्ञान मात्र दिँदैन, व्यक्ति र ब्यक्तित्व निर्माण गर्न सघाउँछ, त्यसैको प्रमाण हो–विद्यालयले देशभित्र मात्र नभई विदेशमा पनि पहिचान बनाउन सकेको छ,’ उनले भने, ‘प्रतिभाका विद्यार्थीले अहिलेसम्म वर्षेनी फरक फरक तरिकाले सुनौलो इतिहास रचेका छन । अब त्यो इतिहास रच्ने जिम्मा ११ मा भर्ना भएका विद्यार्थीको काँधमा छ ।’
प्राचार्य सापकोटाले विद्यार्थीका लागि दैनिक शैक्षिक कार्यक्रम सहित अरु नियमित गतिविधि गर्ने पनि जानकारि दिए । व्यवस्थापन विषयका विद्यार्थीका लागि बिजनेस प्लान बनाउने तथा होटल व्यवस्थापनका लागि फूड फेस्टिबल लगायतका कार्यक्रम गर्ने प्राचार्य सापकोटाले जानकारी दिए । प्रार्चाय सापकोटाले पछिल्लो समय विद्यालयले अन्तर्राष्ट्रिय स्तरमा पनि दायरा फराकिलो बनाउँदै लगेको बताए । विभिन्न मुलुकका विश्वविद्यालयसँग भगीनी सम्बन्ध बिस्तार गरिरहेको उनले बताए ।
विद्यालयका अध्यक्ष नारायणप्रसाद पौडेलले विद्यार्थीले मेहनत गरेर अध्ययन गरेको खण्डमा त्यसको परिणाम पनि उत्कृष्ट नै आउने बताए । समय अनुसारको शिक्षा दिलाउन विद्यालय हरदम तयार रहेको उनले सुनाए । ‘प्रतिभाले हरेक वर्ष हरेक क्षेत्रमा प्रतिभा उत्पादन गरिरहेको छ । आगामि दिनमा ती प्रतिभा अझै थपिनेछन,’ उनले भने, ‘विद्यार्थीलाई प्रतिभावान बनाउन हामी हरदम छौं ।’
कक्षा १२ मा अध्ययनरत छात्रा प्रनिशा तुलाचनले नवआगन्तुक विद्यार्थीलाई कुनैपनि हिचकिचावट बिना अध्ययन गर्न सुझाइन् । ‘प्रतिभाले अबको दुइवर्ष अहिलेका नवआगन्तुक विद्यार्थीको भविश्य कोर्नेछ,’ उनले भनिन्, ‘त्यसैले कुनै हिचकिचावटबिना अध्ययन गर्नुपर्नेछ ।’
कार्यक्रममा गायिका अस्मिता अधिकारीले विद्यार्थीका लागि गीत पस्केकी थिइन् । अधिकारीले गीत गाउँदा पोखरा सभागृहहल गुञ्जायमान बनेको थियो । कार्यक्रममा कक्षा १२ का विद्यार्थीले पनि गीतसंगीत र नृत्य पस्केका थिए ।
प्रतिभा माविले सोमबार व्यवस्थापन र होटल व्यवस्थापन विषयका विद्यार्थीका लागि स्वागत कार्यक्रम राखेको थियो । मंगलबार भने विज्ञान विषयका विद्यार्थीका लागि कार्यक्रम रहने प्राचार्य सापकोटाले जानकारी दिए ।
सोमबारको कार्यक्रममा नवआगन्तुत विद्यार्थी सहित उनीहरुका अभिभावक पनि सहभागि थिए । कार्यक्रममा एसइईमा चार जिपिए ल्याएर प्रतिभामा भर्ना भएका सहित खेलकुदमा उत्कृष्टता हासिल गरेका विद्यार्थीलाई सम्मान समेत गरिएको थियो ।
तस्वीरः अशेष शाक्य / फोटो जेनिथ
सम्बन्धित समाचारः
प्रतिभा माविः जो हरेक क्षेत्रका प्रतिभा उत्पादनमा अब्बल छ
प्रतिभा माविद्वारा अभिभावकलाई उत्प्रेरणामूलक परामर्श
सिबिसाको जीवन रक्षाका लागि ‘प्रतिभा परिवार’को प्रार्थना
प्रतिभा माविमा शैक्षिक प्रदर्शनी तथा साङ्गीतिक कार्यक्रम [तस्वीरहरू]
प्रतिभामा ‘विज्ञान प्रदर्शनी’ र ‘व्यवसायिक योजना’मा उत्कृष्ट विद्यार्थी पुरस्कृत
प्रतिभामा विद्यार्थीकाे ‘बिजनेस प्लान’, व्यवसाय थाल्दा सर्वोत्कृष्टलाई ५ लाख बिऊपूँजी [भिडियोसहित]
प्रतिभामा विज्ञान प्रदर्शनीः दशैं बिदाको सदुपयोग [फोटो फिचर]
प्रतिभा माविद्वारा नवआगन्तुक साढे ८ सय बढी विद्यार्थीलाई दुई दिवसीय कार्यक्रम गरी स्वागत
प्रतिभाका विद्यार्थीमाझ ‘अनिल केशरी शाह’, ‘कुरा सबैको सुन्ने, निर्णय आफू लिने, जे बन्ने हो, त्यही पढ्ने’
‘प्रतिभा व्यक्तित्व सम्मान’बाट प्रा.डा. सुवेदी र ‘प्रतिभा वर्ष सम्मान’बाट क्रिकेटर मल्ल सम्मानित
कक्षा १२ मा सर्वोत्कृष्ट प्रतिभा मावि पोखराकी शुरती पाण्डेलाई डेढ लाखसहित सम्मान, को हुन् शुरती ? के भन्छिन् (भिडियो)
भलिबलकी कप्तान अरुणा एक लाखको प्रतिभा वर्ष पुरस्कारबाट सम्मानित
प्रतिभावान् क्रिकेटर सन्दिपलाई पोखरामा प्रतिभाको एक लाखसहित सम्मान (फोटो फिचर)
प्रतिभाको प्रतिभा प्रस्फुटन कार्यक्रम । ‘सुपर डान्स सिजन २’ का आकाश थापाको प्रस्तुति
पोखराको प्रतिभा माविबाट म्याग्दीका बाढीपीडितलाई ५० हजार सहयोग
सम्बन्धित खबर
जीप दुर्घटनामा चालकको मृत्यु
म्याग्दीमा अब अनलाइनबाटै नागरिकताका कागपत्र बुझाउँदा हुने
कास्कीको मादीमा नागीधार महोत्सव सुरु
टिप्पर दुर्घटनामा एकको मृत्यु, चार घाइते
आगलागीबाट हजारौंको क्षति
फोनिज कास्कीको अध्यक्षमा बिनु थापा मगर
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी