गत पुस १६ गते दिउँसो पोखराको जिरो किमिस्थित पामे चापाकोट सुनचाँदी दुकानमा गहना किन्ने बहानामा सिक्री चोरी गरेर फरार युवती पाँचौ दिनमा आफै सम्पर्कमा आईन् । चार दिनसम्म प्रहरीले नियन्त्रणमा लिन नसकिरहेका बेला गण्डकन्यूजमा सबैभन्दा पहिले समाचार प्रकाशित भएको थियो ।
मिडियामा समाचार र सिसीटिभी भिडियो भाइरल बनेपछि युवती आफै सम्पर्कमा आइन् । र भनिन् – ‘प्लिज भाइरल नबनाइदिनू, समाचार डिलिट गरिदिनू ।’
आफ्ना दाइ दिदीमार्फत् पनि मिडियामा समाचार, भिडियो डिलिट गर्न भनिन् । उनले आफू पोखराको नभई पाल्पाको भएको बताईन् । २–३ दिनमा पोखरा आउने र बिल लिने भन्दै गहनाको पैसा बैंक मार्फत् नै पठाइदिने भनिन् । तर, पसलका सञ्चालक केशव घतानेले आफूलाई फोन आएको नम्बर वडा प्रहरी कार्यालय बैदाममा फरवार्ड गरेपछि मात्र प्रहरीले महिलालाई सम्पर्क गरेको हो । आफू २१ वर्षीया बताउने ति युवतीले ब्याचलर फर्स्ट ईयर अध्ययनरत विद्यार्थी रहेको बताएकी छन् ।
प्रहरीले युवतीबारे केही पनि सार्वजनिक गरेको छैन । वडा प्रहरी कार्यालय बैदामकी प्रमुख डिएसपी चिनीमाया तामाङले अहिले बैदाम हिरासतमा रहेको मात्र उल्लेख गर्दै थप प्रवक्ताबाट बुझ्न भन्दै पन्छिन् । कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जाहेरी नपरेकाले युवतीबारे थप खुलासा गर्न नमिल्ने बताउँछन् । यसअघि उनले घटनाबारे थाहा नभएको बताएका थिए ।
समाचार भाइरल भएपछि युवतीले के भनिन् ? पसल सञ्चालक केशव घताने र उनका वुवा हर्कबहादुर घताने के भन्छन् ? भिडियोमा हेर्नुहोस्
सम्बन्धित समाचारः
पोखरामा सुन पसलबाट दिनदहाडै चोरी गरी महिला फरार [भिडियो]
गण्डकन्यूज समाचार प्रभावः सुनको गहना चोरी गर्ने युवती ‘समाचार डिलिट गरिदिनू’ भन्दै सम्पर्कमा आइन्
सम्बन्धित खबर
२ अर्ब बढी रकमको अवैध अनलाइन जुवा खेल्ने/खेलाउने ४ भारतीय नागरिक पक्राउ
पार्किङ गरी राखेको मोटरसाइकल चोर्ने धादिङका गुरुङ पक्राउ
७२ जना डीएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
कास्कीमा एकनाले भरुवा बन्दुक र लागूऔषध गाँजा सहित १ जना पक्राउ
डिपेन्डेन्ट भिसामा यूके लैजान्छु भन्दै ठगी गर्ने दुई युवक पक्राउ
अदालतबाट दोषी ठहर भई फरार १५३ जना कास्कीबाट पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने