पोखरा । शनिबार एकै दिन पोखरा महानगरका ८ वडाका १६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य निर्देशनालायले जारी गरेको बिहान १० बजेको पहिलो अद्यावधिक विवरण अनुसार प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको पीसीआर परीक्षणमा पोखरा महानगरपालिकाका ३ जना कोरोना पुष्टि भएको र १ घण्टा नबित्दै जारी गरेकाे बिहान ११ बजेकाे दाेस्राे अद्यावधिक विवरण अनुसार प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको पीसीआर परीक्षणमा पोखरा महानगरपालिकाका १३ जनामा कोरोना पुष्टि भएको जनाएको छ । आज शनिबार मात्र पोखरामा १६ संक्रमित थपिएका छन् ।
- पहिलो अद्यावधिक विवरण अनुसार
कास्कीको पोखरा महानगरपालिका वडा नं -९ का ६१ बर्षीय महिला र ६ बर्षीय बालिका , पोखरा – ४ का ३५ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालय जनाएको छ ।

- १ घण्टा नबित्दै जारी गरेकाे दाेस्राे अद्यावधिक विवरण अनुसार
कास्कीको पोखरा महानगरपालिका वडा नं – ४ का २२ र २३ बर्षीय पुरुष, वडा नं – ५ का ३४ बर्षीय पुरुष, वडा नं – ६ का ३४ र ६१ बर्षीय पुरुष, वडा नं – ८ का १९, २४, ४४ बर्षीय महिला र १६ बर्षीय पुरुष, वडा नं – ९ का ३५ बर्षीय पुरुष, वडा नं – १६ का ३० बर्षीय पुरुष, वडा नं – २७ का ३० बर्षीय पुरुष, वडा नं – ३० का बर्षीय महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यसैगरी कास्कीमा कोरोना संक्रमित संख्या २८३ पुगेको छ भने गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८६८ पुगेको छ |
सम्बन्धित खबर
गण्डकी विश्वविद्यालयको कुलपतिमा प्राडा तिवारी नियुक्त
पोखरामा शनिबार एमालेको बृहत् जागरण सभा
१० बर्षीया भागवत वाचिका अनुराधा पाण्डेयले आजबाट गण्डकी कोटिहोममा कथा प्रवचन सुरु गर्दै
हेमजा महोत्सवमा आलु किन्नेको घुइँचो
गण्डकी कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा भक्तजनको उपस्थिति बाक्लिँदै
आलु महोत्सवमा बढ्दो दर्शक सहभागिता
यो पनि पढौँ
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
रूपा तालबेसीमा रूखको ठुटोबाट निरन्तर पानी आउन थालेपछि स्थानीय चकित