पाेखरा महानगरपालिकामा एक घण्टा नबित्दै १३ जना काेराेना संक्रमित थपिएका छन् । निर्देशनालयले जारी गरेकाे बिहान ११ बजेकाे दाेस्राे अद्यावधिक विवरण अनुसार प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको पीसीआर परीक्षणमा पोखरा महानगरपालिकाका १३ जनामा कोरोना पुष्टि भएको छ ।
यसअघि, आज पहिलाे विवरण अनुसार बिहान १० बजे पाेखराका ३ सहित गण्डकीमा ११ जना संक्रमित थपिएका थिए ।
कास्कीको पोखरा महानगरपालिका वडा नं – ४ का २२ र २३ बर्षीय पुरुष, वडा नं – ५ का ३४ बर्षीय पुरुष, वडा नं – ६ का ३४ र ६१ बर्षीय पुरुष, वडा नं – ८ का १९, २४, ४४ बर्षीय महिला र १६ बर्षीय पुरुष, वडा नं – ९ का ३५ बर्षीय पुरुष, वडा नं – १६ का ३० बर्षीय पुरुष, वडा नं – २७ का ३० बर्षीय पुरुष, वडा नं – ३० का बर्षीय महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
एक घण्टा अघि मात्रै पोखरा महानगरपालिका वडा नं (९ का ६१ बर्षीय महिला र ६ बर्षीय बालिका, पोखरा–४ का ३५ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो ।
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८६८ पुगेको छ । सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको निर्देशनालयले जानकारी दिएको छ ।
|

सम्बन्धित खबर
२६औँ आहा ! रारा पोखरा गोल्डकप माघ ५ गतेदेखि
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
पोखरा–दुबई उडानको एक वर्षको टिकट बुकिङ खुला
संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरूद्वारा सुझाव संकलन
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते