पोखरा महानगरमा आइतबार नै २२ जनामा कोरोना संक्रमण देखियो । दिनहुँ संक्रमित थपिँदै गएपछि त्रास बढ्दै गएको छ । कोरोनाले महामारीको रुप लिँदै जाने तर बजारमा भिडभाड नघट्ने भएपछि विकल्प लकडाउन नै हो ।
सरकारले देशव्यापी लकडाउन हटाएपछि केहि सातामै मूख्य शहरहरुमा संक्रमित बढेपछि मुलुकका धेरै ठाउँहरुमा स्थानिय तबरमै लकडाउन गरिरहेका छन् । यहीकारण पोखरा महानगरपालिका नै शिल गर्ने तयारीमा पोखरा महानगरपालिका अघि बढिसकेको छ ।
आज यहाँका मूख्य राजनीतिक दलका प्रतिनिधिहरुसँगको परामर्शपछि पोखरा महानगरपालिकासँगै सिंगो कास्की जिल्ला नै शिल गर्ने तयारी भएको हो । कास्की भित्रने मूख्य नाकाहरुमा अब कडाई हुनेछ । विशेष गरी पृथ्वीराजमार्गको कोत्रेबाटै कास्की भित्रन कडाइ गरिनेछ । कास्कीको पूर्वमा लमजुङ, पश्चिममा स्याङ्गजा र पर्वत, उत्तरमा मनाङ र म्याग्दी र दक्षिणमा स्याङ्गजा र तनहुँ गरी ६ जिल्ला संग सिमाना जोडिएको छ।
सर्वदलीय बैठकमा राजनीतिक दलका नेताहरुले संक्रमणलाई फैलन नदिन पोखरामा कम्तिमा एक साता कडा हिसाबले कफ्र्यु झैं गरी लकडाउन गर्न सुझाव दिएका हुन् । भोलि बिहान साढे ७ बजे कोरोना रोकथाम मूल समितिको बैठकमा यो एजेण्डामा छलफल गरिने समय तय भएको छ । त्यसपछि जिल्ला प्रशासनको नेतृत्व रहेको जिल्ला विपद व्यवस्थापन समिति (सिसिएमसी)को बैठकमा लगिनेछ । कोरोना व्यवस्थापन समितिबाट अनुमोदन भएपछि सम्भवतः मंगलबार वा बुधबारबाट नै कास्की जिल्ला सिल हुने सम्भावना रहेको महानगर श्रोतले जनाएको छ।
तीजसँगै दशैं पनि नजिकिरहँदा बजारमा चहलपहल बढेको कारण संक्रमितको संख्या झनै भयावह हिसाबले बढ्ने र यसलाई नियन्त्रण नै गर्न नसक्ने अवस्था आउने भएकाले अब लकडाउनकै विकल्प नभएकोमा महानगर पुगेको छ । लकडाउन खुकुलो भएपछि पोखरामा समुदायस्तरमा संक्रमित भेटिन थालेको हो । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी महानगरलाई तत्काल सिल नगरे कोरोना समुदायस्तरमा झन् फैलिने निचोडमा पुगेको बताए ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा निर्माण भएको आइसोलेसन भरिएर प्रदेश सरकारले लेखनाथमा बनाएको अस्पतालमा समेत संक्रमितलाई राख्न थालिएको छ । दिनहुँ आज झैं दुई दर्जन संक्रमित थपिएमा स्थान अभाव हुनेछ । बाहिरबाट आउनेलाई सिधै क्वारेन्टाइन पठाइने हुँदा समस्या नभएपनि समुदाय स्तरमै कोरोना फैलिएकोले अब लकडाउन गरी घरभित्रै थुन्नुको विकल्प छैन ।
पोखरा महानगरमा हालसम्म २ सय ४ संक्रमित भेटिएका छन् । यसमध्ये १ सय ७ जना निको भइसकेका छन् भने बाँकी ९६ जना आइसोलेसनमै उपचाररत छन् । महानगरमा एक जनाको मृत्यु भएको छ । संक्रमितमध्ये १४ जनाको संक्रमण श्रोत नै नभेटिएको महानगरपालिका स्वास्थ्य महाशाखा अधिकृत हरिलाल आचार्यको भनाई छ ।
पोखराका २ वडा मात्रै संक्रमणमुक्त
पोखराका ३३ मध्ये अब कोरोना पुष्टि हुन बाँकी २ वडा मात्रै छ । ३१ वटा वडामा संक्रमित भेटिइसकेका छन् । पोखरा वडा नं. २० र २४ नम्बर वडाबाहेक सबै वडामा संक्रमण पुष्टी भएको छ । पोखराको १६ र ५ नम्बर वडामा बढी संक्रमित छन् । पोखरामा १६ नं. वडामा समुदायस्तरमै कोरोना पसिसकेको छ ।
एक जनाको मृत्यु पनि पोखरा १६ मै हो । उनी ईशाई धर्मको प्रवद्र्धक भनिने सच्चाई केन्द्रका प्रमुख समेत रहेकाले प्रवचनमा सहभागी अन्यलाई पनि कोरोना फैलियो । पोखरा ५ मा कञ्चन सहकारीमा कार्यरत एक महिलालाई भेटिएपछि उनको सम्पर्कमा आएका धेरैमा कोरोना संक्रमण देखियो । वर्कशप तथा ग्यारेज बढी भएको क्षेत्र वडा नं. ९ मा पनि ९ जना देखिएका छन् ।
सावधान पोखरा ! थप १२ जनामा कोरोना, आइतबार मात्रै २२ संक्रमित थपिए
सम्बन्धित खबर
आइसिसीका प्रतिनिधिद्वारा पोखरा क्रिकेट मैदान निरीक्षण
प्राईम सहकारी ठगी कसूरमा पक्राउ परेका शंकर नारायण जेल चलान
संरक्षित बन्यजन्तुको सिङसहित युक्रेनी युवक पोखरा विमानस्थलबाट पक्राउ
स्वस्थ शरीर र स्वस्थ मस्तिष्कयुक्त नागरिक उत्पादनमा खेलकुद सहयोगीः प्रदेश प्रमुख भट्ट
पुस्तक तथा स्टेसनरीमा गौतमको नेतृत्व
कास्कीको अन्नपूर्णमा ‘हनि हन्टिङ’ महोत्सव
यो पनि पढौँ
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
आज पनि तोलामा २६ सयले घट्यो नेपाली बजारमा सुन
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम