सावधान पोखरा ! थप १२ जनामा कोरोना, आइतबार मात्रै २२ संक्रमित थपिए

सावधान पोखरा ! थप १२ जनामा कोरोना, आइतबार मात्रै २२ संक्रमित थपिए

Pokhara Mahendrapul

Photo: Sanjay Shakya

पोखरा – आइतबार मात्र पोखराका २२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य निर्देशनालयको आइतबार बिहान पहिलो र दोस्रो अद्यावधिक विवरणमा ५/५ गरी १० जनामा कोरोना संक्रमण पुष्टी भएकोमा आइतबारकै तेस्रो तथा पछिल्लो अद्यावधिक विवरणमा थप १२ जनामा कोरोना संक्रमण पुष्टी भएको निर्देशनालयले जनाएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखराका १२ सहित स्याङ्गजाका दुई जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

संक्रमितहरु पोखरा महानगरपालिका वडा नं -१५ का ५० बर्षका दुई महिला र पुरुष, पोखरा -५ का ३७, ३८, ६७ र ५२ बर्षका चार जना महिला र ४१, ६४ र ७५ बर्षका तीनजना पुरुष, पोखरा -१४ का ३७ बर्षीय पुरुष, पोखरा -१६ का १८ बर्षीय युवक र पोखरा -७ का ३० बर्षीय पुरुषमा कोरोना पुष्टी भएको निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

यस्तै, स्याङ्गजाको पुतलीबजार नगरपालिकाका ४५ र ५५ बर्षका दुई महिलामा पनि कोरोना संक्रमण पुष्टी भएको निर्देशनालयले जनाएको छ । यो संगै गण्डकीमा कोरोना संक्रमितहरुको संख्या १७३५ पुगेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ