पोखरामा गत साउन २७ गते एकै दिन १५ जनामा कोरोना पुष्टि भयो । त्यसअघि, १५ साउनमा १४ जनामा देखियो । आज शनिबार मात्रै १२ जना संक्रमित थपिएका छन् । पोखरा महानगरकै एक जनाको मृत्यु भइसकेको छ । पोखरा १९ लामाचौरका ६२ वर्षीय पुरुषको गत हप्ता शनिबार राति मृत्यु भयो ।
ट्राभल हिस्ट्री नभएका तर संक्रमित बनेका केही केसहरुले पोखरामा समुदाय स्तरमै कोरोना संक्रमण फैलिएको पुष्टि गर्छ । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी स्वयं कोरोना समुदाय स्तरमै फैलिसकेको स्विकार्छन् । तर, प्रभावकारी कदम कसरी चाल्ने, कहिले चाल्ने ? अत्तोपत्तो छैन । दिनदिनै संक्रमितको संख्या बढेको बढ्यै छ । पोखरामा बस्नेहरुलाई मतलबै नभएजस्तो देखिन्छ । बजारमा भिडभाड कोरोना भाइरस आउनु अघि जस्तै छ । पहिले त नागरिक आफै जागरुक र सतर्क हुनुपर्छ ।
गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सार्वजनिक कार्यक्रमहरुमा अब लकडाउन हुँदैन भन्दै अभिव्यक्ति दिँदै आएका छन् । नागरिकले सतर्कता नअपनाउने, प्रशासन र सरकार यसरी खुलमखुल्ला छाड्ने हो भने स्थिति नियन्त्रण नै गर्न नसक्ने गरी भयावह हुनेमा कुनै शंका छैन ।
यस्तो लापरबाहीले संक्रमितको संख्या उच्च हुँदा उपचार पनि नपाउने अवस्था निश्चित छ । गण्डकी अस्पतालमा बनेको आइसोलेसन भरिभराउ भएर लेखनाथ तिर समेत सारिएको अवस्था छ । त्यहाँको हालत उस्तै दयनीय छ ।
लकडाउन पछि खुल्ला भएको चितवनको भरतपुर, रुपन्देहीको बुटवल शहरहरु लकडाउनमा छन् । पोखरामा भने सबै बिन्दास पारामा छन् । न प्रदेश सरकार गम्भिर छ, न स्थानिय सरकार गम्भिर छ, न पोखराबासी नै गम्भिर छन् । मरेपछि समेत परिवारले छुन पाउँदैनन् । बाँच्दा समेत कसैले छुँदैनन् । आफूले कोरोनालाई जित्न सक्ने आँट भएपछि घरमा बृद्धबृद्धा बुबाआमा र साना छोराछोरी छन् भन्ने हेक्का कसैलाई नभएजस्तो बजारको भिडले देखाउँछ ।

पोखरा-१ मा सामाजिक दुरी कायम नगरी तरकारी किन्नेको भिड
भरतपुर महानगरमा एकसाता लकडाउन
चितवनका स्थानीय तहहरुले कोरोना भाइरसको संक्रमण समुदायमा फैलिन थालेको भन्दै धमाधम सिल गर्न थालेका छन् । जिल्लाको एक मात्रै गाउँपालिका इच्छाकामनाले ७८ वर्षीया वृद्धामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि बुधबारबाट एकसाताका लागि गाउँपालिका नै सिल गरेको छ ।
यस्तै, भरतपुर महानगरपालिकाले शुक्रबार राति १२ बजेबाट लागु हुने गरी एकसाता लकडाउन गर्ने गरिसकेको भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले जनाएकी छन् । महानगरपालिका क्षेत्रभित्र कोरोना संक्रमण फैलिन थालेकोले एक साताका लागि लकडाउन गर्ने निर्णय गरेको हो । भरतपुरमा बिहीबार मात्रै ९ जना संक्रमित थपिएका थिए ।
सुनसान छ बुटवल
बुटवल उपमहानगर क्षेत्रभित्र बिहीबार रातिदेखि लकडाउन भएपछि बुटवल क्षेत्र पनि सुनसान छ । बुटवलमा समुदायस्तरमा कोरोना भाइरसको संक्रमण उच्च देखिएपछि बुटवल उपमहानगरको बैठकले भदौ ५ गतेसम्म पूर्ण लकडाउन गर्ने निर्णय हो । सार्वजनिक र निजी सवारी पनि बन्द गरिएको छ।
बुटवल भएर पूर्वपश्चिम राजमार्ग र सिद्धार्थ राजमार्गमा चल्ने गाडीले बुटवलमा रोक्न, सवारी ओराल्न र चढाउन पाउने छैनन्। तरकारी बोक्ने गाडीहरु पनि परिचय पत्र बोकेर मात्रै सञ्चालन गर्न पाइनेछ। होटल तथा रेष्टुरेन्टहरु पनि बन्द गर्न नगरपालिकाले निर्देशन दिएको छ।

सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो