पोखरा महानगरपालिकामा एकै दिन विहीबार १४ जनामा कोरोना पोजिटिभ रिपोर्ट आयो । गण्डकी प्रदेशमा बिहीबार बिहानमात्रै ३८ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा जसमध्ये १४ जना पोखरा महानगरमा बस्नेहरु हुन् । पोखरा वडा नं. १२ मा १२ जना र वडा नं. २ मा २ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।
पोखराका संक्रमित सबैजना यसअघिका संक्रमितको सम्पर्कमा आएका व्यक्ति हुन् । जसमध्ये ३ जनामा दोस्रो पटक कोरोना पोजिटिभ रिपोर्ट आएको महानगर श्रोतले जनाउको छ ।
१२ जना अझै पनि महानगरकै क्वारेन्टिनमा छन् । २ जना भने कन्ट्याक्ट ट्रेसिङमा परेकाहरु रहेको बताइएको छ । उनीहरु यसअघि संक्रमण भएका व्यक्तिको प्रत्यक्ष सम्पर्कमा रहेकाहरु हुन् । संक्रमण पुष्टि भएकालाई जिल्ला आइसोलेसनमा लगिएको छ ।
स्याङ्जामा आज मात्रै ११ जना भेटिएका छन् । गल्याङमा ८ जना पुष्टि भएकोमा २ जना कुनै पनि ट्राभल हिस्ट्रीबिना संक्रमित पुष्टि भएका छन् । यसबाट समुदाय स्तरमै कोरोना फैलिएको मान्न सकिन्छ । स्याङजाकै पुतलीबजार नगरपालिका, विरुवा गाउँपालिका र भीरकोट नगरपालिकामा १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । गल्याङमा २ जना महिला हुन् भने अरु सबै जिल्लाका संक्रमित पुरुष हुन् ।
बागलुङमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि हुनेमा काठेखोला गाउँपालिकाका २ जना, बागलुङ नगरपालिकाका एक जना, जैमिनी नगरपालिकाका एक जना र बडिगार्ड गाउँपालिकाका २ जना छन् । सबै पुरुष हुन् ।
त्यस्तै, तनहुँका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तनहुँको ऋषिङ गाउँपालिकाका १ जना पुरुष र ब्यास नगरपालिकाका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । बौदीकाली, नवलपुरका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । लमजुङ वेशीशहरका ३ जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।
यो सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार ४७९ पुगेको छ । जसमध्ये १ हजार २ सय ३० जना निको भई घर फर्किसकेका छन् । प्रदेशभरिमा ४ जना संक्रमितको मृत्यु भएको छ ।

सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो