किरण श्रेष्ठ, तनहुँ । पृथ्वी राजमार्गमा पर्ने तनहुँको बन्दिपुर-१ नाहालामा भासिएको पक्कि सडक मर्मत भईरहेको छ ।
गत मंगलबार भासिएको सडक पुर्ण मर्मत गर्नको लागि सडक पुर्णरुपमा बन्द गरिएको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले बताए ।

‘एम्बुलेन्स र भिआईपी बाहेक अन्य सवारी पास हुदैन । प्रमुख रानाभाटले भने ‘आज दिनभरमा सडक पुर्ण मर्मत गर्ने गरि काम सुरु भएको छ । उनले थपे ‘आज बेलुका सम्म काम सकिए सडक सुचारु हुन्छ नत्र खुल्दैन ।’
बैकल्पिक बाटो अत्यावश्यक प्रयोजनका लागि मात्रै प्रयोग गरिने प्रमुख रानाभाटले जानकारी दिए ।
सडक पुरै बन्द गरेर आज बेलुका सम्म पुर्ण सुचारु गर्ने गरी काम भईरहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । ‘अत्यावश्यक सवारीका लागी बैकल्पिक सडक रहेको तर रातोमाटोले गर्दा हिलो भएको रहेछ ।

सहायक प्रजिअ बरालले भने ‘ग्राभेल गरेर अत्यावश्यक सवारीको लागी बाटो सहज बनाईदै छ ।’ सेना, सशस्त्र प्रहरी, जनपथ लगाएतले सडक मर्मतको काम गरिरहेका छन ।
सडक मर्मतको काम भईरहेको छ तर सोचे अनुरुपको इञ्जिनियरिङ्ग भएको देखिदैन बन्दिपुर-१ का वडाअध्यक्ष भानुभक्त पोख्रेलले बताए ।
‘मूलको पानि आइरहेको छ । वडाअध्यक्ष पोख्रेलले भने ‘पानि कटाएर मर्मत गर्नुपर्ने सडक त्यतिकै गरिदै छ ।’ उनले अगाडी भने ‘काम भएपनि अलमल भने भईरहेको छ ।’ बैकल्पिक बाटोमा ग्राभेलको काम समेत नभएको उनले बताए ।

उक्त भासिएको सडकको कुनापट्टि डाईभर्सन बनाएको छ तर ग्राभेल बिना सबै खाले सवारी साधन संचालन गर्दा मालबहाक सवारी फस्ने गरेको थियो ।
प्रत्येक पटक जेसिबीको सहायताले सवारी पास गराउदै आएको थियो । डाईभर्सन गरिएको सडकछेउमा ग्राभेल नगर्दा मालबाहक सवारी फसेर यात्रु र चालकले सास्ती खेप्नुपरेको थियो ।

गत बिहिबार साँझ ठुलो सवारीले उक्त डाईभर्सन अप्ठ्यारो (हिलो) भएको भन्दै सडकको तलबाट अर्को बाटो प्रयोग गर्दा स्थानियले आफ्नो घर जोखिम परेको भन्दै बाटो अबरुद्द समेत गरेका थिए ।
ठुला मालवहाक सवारी समेत तलबाट जादा आफ्नो घर जोखिममा परेको स्थानीयको भनाइ थियो ।

सडक डिभिजन कार्यालय दमौलीले ढिलासुस्ती गर्दा गत मंगलबार बिहानदेखि भासिएको सडक मर्मत हुन सकेको थिएन । यो अवधिमा हजारौं यात्रुले दु:ख बेहोर्न बाध्य बने ।
यो पनि :
सम्बन्धित खबर
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते