गण्डकी प्रदेशमा थपिए ५३ कोरोना संक्रमित, गण्डकीमा संक्रमितको संख्या ९४९ जना पुग्यो

गण्डकी प्रदेशमा थपिए ५३ कोरोना संक्रमित, गण्डकीमा संक्रमितको संख्या ९४९ जना पुग्यो

Corona update 3

पोखरा । गण्डकी प्रदेशमा ५३ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेशको ५ वटा जिल्लाका ५३ जना नयाँ संक्रमित थपिएका हुन् ।

प्रदेश क्षयरोग केन्द्र पोखरा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा भएको पिसिआर परीक्षणमा स्याङ्जा १०, तनहुँ १०, बागलुङ १४, पर्वत १३ र गोरखामा ६ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै प्रदेशभर ९ सय ४९ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमण मुक्त भई नवलपुरबाट १६ जना घर फर्किका छन् । योसँगै प्रदेशभर निको हुनेको संख्या २ सय १४ जना रहेको स्वास्थ्य निर्देशनालय गण्डकी गण्डकीले जनाएक छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds