गोरखा । गोरखाका ९ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । गोरखाको गण्डकी गाउँपालिका र गोरखा नगरपालिकामा गरि ९ संक्रमित निको भएर घर फर्केको निर्देशनालयले जनाएको छ ।
गण्डकी गाउँपालिकामा ५ पुरुष र गोरखा नगरपालिकामा ३ पुरुष, १ महिला गरि ९ जना निको भएर घर फर्केका हुन् । यो सँगै गण्डकी प्रदेशमा निको भएर घर फर्किनेको संख्या १०१ पुगेको छ ।

अहिलेसम्म गण्डकी प्रदेश २ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।
त्यस्तै गण्डकी प्रदेशमा आज २५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार प्रदेशका ४ जिल्लामा २५ नयाँ संक्रमित थपिएका हुन् ।
तनहुँमा २, स्याङ्जामा १, बागलुङमा १ र नवलपुरमा २१ गरि २५ नयाँ संक्रमित थपिएको निर्देशनालयले जनाएको छ ।
आज थपिएका संक्रमितमध्ये तनहुँको व्यास नगरपालिकामा २ पुरुष, स्याङ्जाको कालिगण्डकी गाउँपालिकामा २८ वर्षीय एक पुरुष र बागलुङको बरेङ गाउँपालिकामा २३ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैगरि, नवलपुरको गैडाकोटमा ७ पुरुष, कावासोतीमा १२ पुरुष र २ महिलामा कोरोना पुष्टि भएको छ । यो सँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या ७९२ पुगेको छ ।
सम्बन्धित खबर
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो