पोखरा । गण्डकी प्रदेशका ८ जिल्लामा थप ५३ जना कोरोना संक्रमित थपिएका छन् । आज बिहान मात्रै गण्डकीमा २० नयाँ संक्रमित थपिएका थिए ।
स्वास्थ्य निर्देशनालयले सोमबार बेलुका जारी गरेको विज्ञप्तिअनुसार थप ५३ नयाँ संक्रमित थपिएपछि गण्डकीमा संक्रमितको कुल संख्या ५९३ पुगेको छ ।
जसमध्ये तनहुँमा १८ संक्रमित थपिएका छन् । जिल्लाको भिमाद, घिरिङ, आँबुखैरनीमा र बन्दीपुरमा गरि १८ संक्रमित थपिएका हुन् ।
तनहुँमा १८ संक्रमितमध्ये बन्दिपुर गाउँपालिकामा दुई जना स्वास्थ्यकर्मी, एक जना सुरक्षाकर्मी समेत रहेका छ्न ।
स्वास्थ्य निर्देशनालय गण्डकीले बन्दिपुर गाउँपालिकामा १० जना संक्रमित पुष्टि भनेतापनि बन्दिपुर गाउँपालिकाले भने संक्रमितको संख्या ११ जना रहेको बताएको छ ।

यस्तै, स्याङ्जाको अर्जुनचौपारी, वालिङ र कालीगण्डकीमा गरि ९ संक्रमित थपिएका छन् । स्याङ्जका ९ जना संक्रमित नै पुरुष हुन् । बागलुङको ताराखोला र नीसिखोलामा गरि ८ संक्रमित थपिएका छन् ।
बागलुङमा थपिएका संक्रमितमध्ये एक जना ७ महिने शिशु पनि रहेका छन् । गोरखाको गण्डकी गाउँपालिकामा ३, भीमसेनमा ३ पुरुष २ महिला, सहिदलखनमा ३ पुरुष थपिएका छन् ।
यस्तै, लमजुङको क्होलासोथरमा १, मध्यनेपाल २, दुधपोखरी १ बेशिशहर १, गरि ५ संक्रमित थपिएका छन् । पर्वत, नवलपुर र पोखरामा १, १ जना संक्रमित थपिएका छन् ।

सम्बन्धित खबर
पोखरामा शनिबार एमालेको बृहत् जागरण सभा
१० बर्षीया भागवत वाचिका अनुराधा पाण्डेयले आजबाट गण्डकी कोटिहोममा कथा प्रवचन सुरु गर्दै
हेमजा महोत्सवमा आलु किन्नेको घुइँचो
गण्डकी कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा भक्तजनको उपस्थिति बाक्लिँदै
आलु महोत्सवमा बढ्दो दर्शक सहभागिता
पोखरामा डिजी स्कुलको ‘कनेक्ट एण्ड मिट’
यो पनि पढौँ
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
रूपा तालबेसीमा रूखको ठुटोबाट निरन्तर पानी आउन थालेपछि स्थानीय चकित
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण