पोखरामा ‘न्यू ईएर’ कै रात दुई जनाले ज्यान गुमाएका छन् । अन्य दुई जना घाईते भए । पोखरा महानगरपालिका–१४ चाउथेमा राति पौने ३ बजेतिरको समयमा बस, जिप र मोटरसाइकल एकापसमा ठोक्किँदा जिप चालक पोखरा–२९ भण्डारढिक सैनिक बस्तीमा बस्ने ३६ वर्षीय सरोज लामा र मोटरसाइकल चालक तनहुँ थप्रेक घर भई पोखरा चाउथे बस्ने १९ वर्षीय रोनश गुरुङको उपचारका क्रममा ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
पृथ्वीचोकबाट चाउथेतर्फ जाँदै गरेको ग२च २७२६ नंको जिप अनियन्त्रित भई ग१६प ९५३७ नंको मोटरसाइकललाई ठक्कर दिएर विपरीत दिशाबाट आउँदै गरेको ग१ख ९४०५ नंको बससँग ठोक्किएको प्रहरीको भनाइ छ ।
दुर्घटनालगत्तै घाइतेलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएकामा उपचार गर्दागर्दै दुबै जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक बाबुराम केसीले जानकारी दिए । दुर्घटनामा जिपमा सवार पोखरा–२९ भण्डारढिक बस्ने ३४ वर्षीय प्रेम परियार र पोखरा–३१ बस्ने २३ वर्षीय दिलबहादुर परियार घाइते भएकामा उनीहरुको उपचार भइरहेको बताइएको छ । परियारको टाउको र छातीमा गम्भिर चोट लागेको स्थानियले बताए । काठमाण्डौ देखि बाग्लुङ आउँदै गर्दा दुर्घटनामा परेको ग१ख ९४०५ नम्बरको बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सम्बन्धित समाचार:
सम्बन्धित खबर
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो