पोखराको चाउथेमा ३ वटा गाडी ठोकिए, ट्रिप्पर भाग्याे

पोखराको चाउथेमा ३ वटा गाडी ठोकिए, ट्रिप्पर भाग्याे

accident-gadi

पोखरा, २ बैशाख / पोखरा लेखनाथ महानगरपालिका वडा नं. १४, चाउथेमा तीन वटा गाडी एकपछि अर्काेसँग ठोक्किएका छन् ।

अपरान्ह एक ट्रिपरले बा १५ च ५०८२ नम्बरकाे कारलाई ठक्कर दिएपछि पछाडिबाट आइरहेको मिनी ट्रकसँग सो कार ठोक्किन पुगेको थियो ।

ठक्कर पश्चात् कार सडक छेउको नहर नाघेर पल्टिएको स्थानीय राम अधिकारीले जानकारी दिए । दुर्घटनापछि कार क्षतिग्रस्त भएको छ भने मानवीय क्षति भएकाे छैन ।

ठक्कर दिने ट्रिप्पर भने भागेको तर कार र मिनी ट्रक भने प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ । ठक्कर दिएर भाग्ने ट्रिप्पर र चालकको खोजी भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ