किरण श्रेष्ठ । तनहुँको भानुमा नरभक्षी चितुवाबाट सर्वसाधारण आतंकित छन् । चितुवाले नौ पटक आक्रमण गर्दा ५ जनाको ज्यान गईसकेको छ । ४ जनाले ज्यान जोगाउन सफल भएका छन् । अधिकांश बालबालिका नै चितुवाको निशानामा परेको छ ।
काठको खोरमा बाख्रा राखी त्यसमा धराप थापेर गत असोज १५ गते राति एउटा चितुवा पनि खोरमा पार्न सफल भयो तर त्यसपछि पनि दुई घटना घटे । असोज २१ गते बडादशैंकै दिन ४ वर्षीय आशिष बानियाँको ज्यान लियो भने कार्तिक २ गते भानु नगरपालिका २ बजगाइटारकी सोनिया अछामीलाई उनको दाइले एक सेकेण्ड ढिला नगरी मुस्किलले बचाए ।
चितुवालाई नियन्त्रणमा लिन स्थानीयले अनेक उपाय लगाइसके । बन्दुक समेत चलाउन पाउने गरी स्विकृति लिएर स्थानीयहरु चितुवा नियन्त्रणमा लिन लागिपरेका छन् । चितुवालाई क्षति नै नपुग्ने गरी खोरमा पार्ने विधि प्रभावकारी देखिएको छ । आईतबार राति अर्को चितुवा पनि खोरमा परेको छ । यसअघि भानु २ मा नगरपालिकाको कार्यालय नजिकै नारेश्वटारमा बनाइएको काठे खोरमा चितुवा परेको थियो भने अहिले भानु ३ स्थित दोरदोरटार देउराली सामुदायिक बनमा थापिएको खोरमा चितुवालाई पार्न सफल भएको छ ।
https://www.facebook.com/gandaknews/videos/414407762818625/
नरभक्षी चितुवालाई खोरमा फसाउन केही दिन अघिदेखि नै बाख्रा सहितको खोर बनाई राखिएको थियो । प्रहरीले काठको खोर नजिक स्थानियलाई जान दिएको थिएन । खोरमा परेको चितुवालाई प्रहरीको सुरक्षामा दमौली हुँदै चितवन राष्ट्रिय निकुञ्ज पठाइएको डिभिजन बन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए । ‘चितुवा १३, १४ वर्षको देखिन्छ, ८० किलोको ठूलो छ । वयस्क भाले हो । एकदम आक्रमक छ ।’ डिभिजन बन प्रमुख बरालले बताए । पहिलो चितुवालाई रुपन्देहीको शङ्करनगरस्थित प्राणी उद्यानमा पठाइएको थियो ।
असोज १५ गते खोरमा पारिएको पहिलो चितुवा
भानु नगरपालिकामा ९ वटा सामुदायिक बन रहेको छ । जसमध्ये ३ वटा सामुदायिक बनमा ४ वटा काठको खोर बनाइएको बरालले बताए । बाँकी ६ वटा सामुदायिक बनमा पनि तिहार लगत्तै काठको खोर बनाइने डिभिजन बन प्रमुख बरालले बताए । भानु २ को मजुवा ओख्ले सामुदायिक बनमा २ वटा काठको खोर निर्माण गरिएको छ । यसैगरी, देउराली सामुदायिक बन र भिमसेन सामुदायिक बनमा १-१ वटा काठको खोर निर्माण गरिएको छ ।
पहिलो चितुवा खोरमा पर्दा नै राहतको श्वास फेरेका मानेका भानुबासी अझै ढुक्क भने छैन । मान्छे खाने चितुवा एउटै हो र त्यो चितुवा अहिले पनि खोरमा परेको होईन कि ? वा जंगलका सबै चितुवाले मान्छेमाथि आक्रमण गर्छ ? भन्ने अझै प्रष्ट छैन । यद्यपी, एक पछि अर्को चितुवा खोरमा पर्दा केही राहतको श्वास भने भानुबासीले फेरेका छन् । स्थानीयका अनुसार बच्चा सहितको पोथी चितुवाले भानुका बालबालिका र जीवजन्तुलाई आक्रमण गदै आएको छ । आज सोमबार खोरमा परेको चितुवा भने भाले हो ।’अझै सतर्कता अपनाउनुपर्छु डिभिजन बन प्रमुख बरालले भने ‘अहिले खुशी मनाउने अवस्था आइसकेको छैन ।’
डिभिजन बन कार्यालय तनहुँका कर्मचारीहरुले चितुवालाई काठको खोरबाट झिकेर फलामे खोरमा राखी लगेको छ । गाडीमा राखेर लगिएको चितुवा हेर्न बाटोमा गाउँलेहरुको ठूलो भिड लाग्यो । चितुवा निकै आक्रामक देखिएको छ । चितुवाले भानुका वडा नं. १, २, ३ र ४ का बालबालिका, महिला, वृद्धवृद्धालाई त्रास फैलाएको छ । सो क्षेत्रमा अरु पनि चितुवा हुन सक्ने हुँदा साँझको समय र दिउँसै पनि एक्लै बन क्षेत्रमा नजान प्रहरीको अनुरोध छ ।
वन्यजन्तुबाट मानविय क्षति भएमा सामान्य घाइतेले २० हजार, सख्त घाइतेले दुई लाख र मृत्यु भएमा दश लाखसम्म पाउने प्रावधान छ । त्यस्तै, पशुचौपायाको हकमा खसी बोकालाई बढीमा दश हजार र गाइभैसी, गोरु, साँढेको हकमा बढीमा ३० हजार सम्म क्षतिपूर्ति रकम पाउने व्यवस्था छ । घरगोठ, अन्नवाली तथा खाद्यान्न वालीमा क्षति पुगेमा बढिमा दश हजार क्षतिपूर्ति पाउने वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०७५ (तेस्रो पटक संशोधित) मा उल्लेख छ ।
तस्विर/भिडियोः कृष्ण न्यौपाने
सम्बन्धित समाचारहरु:
तनहुँको भानुमा फेरि चितुवाको आक्रमण ! १२ वर्षीया सोनिया घाइते, समयमै दाइले बचाए (घटना विवरण)
दशैकै दिन तनहुँको भानुमा चितुवाको आक्रमणबाट ४ वर्षीय बालकको मृत्यु
तनहुँको भानुमा आतंक मच्चाउने नरभक्षी चितुवा पर्यो खोरमा
तनहुँको भानुमा आतंक मच्चाउने नरभक्षी चितुवा पर्यो खोरमा
चितुवाको आक्रमणबाट ज्यान गुमाएकी अधिकारीको परिवारलाई १० लाख राहत
तनहुँ: भानु नगरपालिकाको ढल्केबरमा चितुवाको आक्रमणबाट १० वर्षिय बालकको मृत्यु
चितुवाको आक्रमणबाट तनहुँको जोखानीकी ४ वर्षिया बालिकाको मृत्यु
तनहुँको भानु नगरपालिकामा चितुवा आतंक: बस्तीमै पसेर मानिसको ज्यान लिने चितुवा नियन्त्रण गर्न प्रहरी परिचालन
तनहुँको भानुमा नरभक्षी चितुवाको आतंक : चितुवा नियन्त्रणमा लिन जंगलमा फलामे खोर
तनहुँमा बालबालिका मार्ने चितुवा मृत फेला
तनहुँको भानुमा नरभक्षी चितुवाको त्रास: चितुवा नियन्त्रणमा लिन जंगलमा पासो संगै क्यामरा जडान
चितुवाको आक्रमणबाट तनहुँको जोखानीकी ४ वर्षिया बालिकाको मृत्यु
चितुवाको आक्रमणबाट ज्यान गुमाएकी बालिकाको परिवारलाई १० लाख राहत दिइने, तत्काल ५० हजार दिईयो
तनहुँको भानुमा चितुवाको आक्रमणबाट ९ वर्षिया बालिकाको मृत्यु
तनहुँमा चितुवा पछि भालु आतंक, आक्रमणबाट ६५ वर्षीय वृद्ध घाइते
तनहुँको भानुमा चितुवाको आक्रमणबाट ज्यान गुमाएका र घाइतेका परिवारलाई राहत हस्तान्तरण
तनहुँको भानुमा फेरि चितुवाको आक्रमण : ६ वर्षीय बालक घाइते
सम्बन्धित खबर
जीप दुर्घटनामा चालकको मृत्यु
म्याग्दीमा अब अनलाइनबाटै नागरिकताका कागपत्र बुझाउँदा हुने
कास्कीको मादीमा नागीधार महोत्सव सुरु
टिप्पर दुर्घटनामा एकको मृत्यु, चार घाइते
आगलागीबाट हजारौंको क्षति
फोनिज कास्कीको अध्यक्षमा बिनु थापा मगर
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी