तनहुँ । चितुवा बस्तीमा पसेर मानिसको ज्यान लिन थालेपछि तनहुँ प्रशासनले भानु नगरपालिकामा प्रहरी परिचालन गरेको छ । भानु नगरपालिकाको वडा नं. २, ३ र ४ मा चितुवाले आतंक सिर्जना गरेको छ । स्थानीयवासी त्रसित बनेपछि नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको तनहुँका प्रहरी प्रमुख सिद्धिविक्रम शाहले जानकारी दिए ।

चितुवा नियन्त्रणमा लिन दश जना सशस्त्र प्रहरी र दश जना नेपाल प्रहरी परिचालन गरिएको छ । सकेसम्म नियन्त्रणमा लिने र नसके मार्ने योजना रहेको प्रहरी प्रमुख शाहले बताए । ‘अवस्था हेरेर नियन्त्रणमा लिने प्रयास गछौं, नसके मार्छौं’, प्रहरी प्रमुख शाहले भने ।

गत बिहीवार साँझ भानु-४ मा चितुवाको आक्रमणबाट घर नजिकै खेल्दै गरेकी बालिका अस्मिता लम्सालको ज्यान गएको थियो ।

बाघको आक्रमणमा परेकी चार वर्षीया बालिका अस्मिता लम्साल । तस्बिर : गिता रखली थापा मगरको फेसबुकबाट ।
शनिबार विहान पनि भानु नगरपालिका वडा नं. २ को थप्रेकडाँडामा चितुवाको आक्रमणमा परी सात वर्षका सञ्जन नेपाली घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।

चितुवाको आक्रमणमा परी घाइते सात वर्षका सञ्जन नेपाली
गत वर्ष २०७४ फागुन १ गते भानु नगरपालिकाको वडा नं. ३ मा चितुवाले आक्रमण गर्दा एक बालकको ज्यान गएको थियो । उक्त घटनाको वर्षदिन नपुग्दै चितुवाले आक्रमण गर्दा बालिकाको ज्यान गएपछि स्थानीय बासिन्दा त्रसित भएका छन् ।
सम्बन्धित खबर
विद्यमान परिस्थितिमा नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ: गण्डकी मुख्यमन्त्री पाण्डे
सार्वजनिक स्थलमा धूम्रपान र सूर्ति सेवन नगर्न प्रशासनको आग्रह, उल्लंघन गरे कारबाही हुने
बिलभन्दा बढी सामान बोकेको बोलेरो नियन्त्रणमा
पोखराबाट भरतपुर र नेपालगञ्जसम्मको हवाई उडान स्थगित
बोक्रो फेरिँदैमा भित्री गुदी फेरिँदैन : सांसद रेग्मीलाई अर्जुनचौपारीको व्यंग्यात्मक जवाफ
महालेखा परीक्षक कार्यालयको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’