तनहुँ । चितुवा बस्तीमा पसेर मानिसको ज्यान लिन थालेपछि तनहुँ प्रशासनले भानु नगरपालिकामा प्रहरी परिचालन गरेको छ । भानु नगरपालिकाको वडा नं. २, ३ र ४ मा चितुवाले आतंक सिर्जना गरेको छ । स्थानीयवासी त्रसित बनेपछि नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको तनहुँका प्रहरी प्रमुख सिद्धिविक्रम शाहले जानकारी दिए ।

चितुवा नियन्त्रणमा लिन दश जना सशस्त्र प्रहरी र दश जना नेपाल प्रहरी परिचालन गरिएको छ । सकेसम्म नियन्त्रणमा लिने र नसके मार्ने योजना रहेको प्रहरी प्रमुख शाहले बताए । ‘अवस्था हेरेर नियन्त्रणमा लिने प्रयास गछौं, नसके मार्छौं’, प्रहरी प्रमुख शाहले भने ।

गत बिहीवार साँझ भानु-४ मा चितुवाको आक्रमणबाट घर नजिकै खेल्दै गरेकी बालिका अस्मिता लम्सालको ज्यान गएको थियो ।

बाघको आक्रमणमा परेकी चार वर्षीया बालिका अस्मिता लम्साल । तस्बिर : गिता रखली थापा मगरको फेसबुकबाट ।
शनिबार विहान पनि भानु नगरपालिका वडा नं. २ को थप्रेकडाँडामा चितुवाको आक्रमणमा परी सात वर्षका सञ्जन नेपाली घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।

चितुवाको आक्रमणमा परी घाइते सात वर्षका सञ्जन नेपाली
गत वर्ष २०७४ फागुन १ गते भानु नगरपालिकाको वडा नं. ३ मा चितुवाले आक्रमण गर्दा एक बालकको ज्यान गएको थियो । उक्त घटनाको वर्षदिन नपुग्दै चितुवाले आक्रमण गर्दा बालिकाको ज्यान गएपछि स्थानीय बासिन्दा त्रसित भएका छन् ।
सम्बन्धित खबर
स्याङ्जामा तीन महिनामा १८ सवारी दुर्घटना, ६ जनाको मृत्यु
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
तनहुँमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २१ वर्षीय राना पक्राउ
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
मुक्तिनाथ मन्दिरमा दशैंको टीका
दसैँमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन