उपेन्द्र यादवको पार्टीका कार्यकर्ताद्वारा एभिन्यूज टेलिभिजनको ब्यूरो कार्यालयमा तोडफोड

उपेन्द्र यादवको पार्टीका कार्यकर्ताद्वारा एभिन्यूज टेलिभिजनको ब्यूरो कार्यालयमा तोडफोड

Capture_

काठमाण्डौ ( एभिन्यूज टेलीभिजनको वीरगंज ब्यूरो कार्यालयमा सोमबार दिउँसो तोडफोड भएको छ ।

वीरगंज महानगरपालिका वडा नम्बर(११ को होटेल सम्झना नजिक रहेको कार्यालयमा समाजवादी पार्टी नेपालका कार्यकर्ताहरुले तोडफोड गरेको एभिन्यूज केन्द्रीय ब्यूरो प्रमुख राजु श्रेष्ठले बताए ।

समाजवादी पार्टी नेपालका अध्यक्ष तथा नेपाल सरकारका उपप्रधानमन्त्री उपेन्द्र यादवसँग एभिन्यूज टेलिभिजनमा पत्रकार सुशील पाण्डेले अन्तर्वार्ता लिने क्रममा भएको चर्काचर्की र वादविवादको विरोधमा समाजवादी पार्टीका कार्यकर्ताहरुले तोडफोड गरेको श्रेष्ठले बताए ।

तोडफोडमा संलग्न हुनेहरुको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख रेवती ढकालले बताए ।

भिडियो :

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ