गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
काठमाडौं : एभिन्युज टेलिभिजनमा अन्तर्वार्ताका लागि पुगेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र अन्तर्वार्ताकारबीच तनावको अवस्था सिर्जना भएको छ । अन्तर्वार्ता दिन पुगेका मन्त्री यादव कार्यक्रम अवधि नसकिँदै माइक निकालेर स्टुडियो छाडेका छन् । उक्त टेलिभिजनले प्रस्तोताले सोधेको प्रश्नको जवाफ नदिएर उल्टै मन्त्री यादवले माइक फाल्दै निस्केको दाबी गरेको छ ।
भिडियो संजाल युट्युबमा उक्त भिडियो अपलोड गर्दै एभिन्युजले लेखेको छ ‘प्रश्नको सामना गर्न नसकेपछि उपप्रधानमन्त्री उपेन्द्र यादव माइक फाल्दै यसरी बाहिरिए स्टुडियोबाट’ । तर, प्रस्तोता शुशिल पाण्डेले संयमता अपनाउन नसकेको स्पट देखिएको छ भने उपप्रधानमन्त्री पदमा आसिन राष्ट्रिय पार्टीका अध्यक्ष जस्ता व्यक्ति गैरजिम्मेवार ढंगले प्रस्तुत भएका छन् ।
भिडियोमा सुरुबाटै आक्रामक, ठाडो, एकसाथ धेरै विषयमा प्रश्न सोधेपछि मन्त्री यादवलाई चित्त बुझेको छैन । मन्त्री यादवले संयमता अपनाउँदै आफ्नो पदको गरिमा जोगाउँदै प्रश्नको जवाफ दिनुपर्ने थियो । तर, उनले नकरात्मकता हाबी भएको आशयमा शिष्ट र प्रश्न सोध्ने शैली सुधार्न पत्रकार पाण्डेलाई पाठ सिकाएका छन् । माहौल बिग्रन लाग्दा आफ्नै पाहुना र देशको उपप्रधानमन्त्री पदमा आसिन व्यक्तिसँग कुरा गरिरहँदा प्रस्तोता पाण्डे संयमित हुनुपर्ने हो, झनै माहौललाई उत्तेजित बनाएका छन् ।
मन्त्री यादवले सुरुमा बन्द गर्न भनेका छन्, त्यसपछि पत्रकार पाण्डेले तपाईं जान सक्नुहुनेछ भनेपछि माहौल बिग्रिएको छ । यस सम्बन्धमा सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेका छन् । एकाथरीले उपप्रधानमन्त्री पदमा आसिन व्यक्ति गैरजिम्मेवार ढंगले प्रस्तुत भएको, भ्रष्टाचार कहाँ भएको छ ? प्रमाण ल्याउनुस् भन्न नमिल्ने तर्क गरिरहेका छन् । अर्को थरी पत्रकार पाण्डेले पाहुनालाई त्यसरी जानुहोस् भन्न नमिल्ने, पत्रकारिताको ज्ञान नभएको तर्क गरिरहेका छन् ।
नवगठित समाजवादी पार्टीका अध्यक्ष समेत रहेका यादव यस विषयमा सार्वजनिक रुपमा बोलेका छैनन् ।
हेर्नुस् भिडियो :
(अद्यावधिक गरिएको)
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’