तनहुँ । तनहुँ इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको ‘मिस क्विन तनहुँ २०१८’ को ग्राण्ड फिनाले शनिबार दमौलीमा समिर घिसिङ अर्थात चर्चित र्यापर भिटेनले धमाकेदार प्रस्तुति दमौलीमा प्रस्तुत गरेका छन् । मिस क्वीन तनहुँ २०१८ को ग्राण्ड फिनालेमा उनले आफ्नो चर्चित गीतहरु प्रस्तुत गरेका हुन् । युवायुवती माझ निकै चर्चित रहेका र्याप गीत भिटेनले लाइभ प्रस्तुत गरेका थिए ।

भिटेनले ‘गरिब…’, ‘चुरोट…’, ‘हालखबर….’, ‘आमाले सोध्छिन….’, ‘बैनी…’, ‘लफंगा…’, ‘खलासी…’ ‘सिमसिमे पानि ….’ आदि आफ्ना चर्चित र्याप गितहरु गाएका थिए । र्याप धेरैले गाउँछन् तर शब्द, गायन शैली, टेक्निक अनि हुलिया, हरेक हिसाबले अलग छन् भिटेन । यही ‘युनिकनेस’ ले उनलाई खासगरी टिनएजरहरू माझ ‘हकटेक’ बनाएको छ । फेरि उनका गीत उनका भोगाइ र बुझाइका प्रतिबिम्ब हुन् । सोही कारण उनका उमेर समूहका जोकोहीले गीतमा आफूलाई पाउँछन् । भिटेनको प्रस्तुति हेर्न र सुन्न युवायुवती गर्मि सहेर हाल भित्र बसिरहेका थिए । भिटेनले आफ्नो प्रस्तुति संगै मोटिभेटिभ कुराहरु समेत भनेर दर्शक तथा आफ्ना फ्यानहरु लाइ मन्त्रमुग्द परेका थिए ।

स्टेज उक्लिए देखि निरन्तर आफ्नो प्रस्तुतिमा लागेका भिटेन लाइ दर्शकको हुटिङ समेत उत्तिकै आइरहेको थियो । पुरा जोसमा भिटेनले र्याप गीत गाउँदा स्टेज अगाडी बसेका अतिथिहरु समेत मनोरन्जन लिदै गीत सुन्दै गरेको देखिन्थ्यो । ‘कथा नामक गीत छिटै रिलिजको तयारीमा रहेको छ’ भिटेनले गण्डक न्युज संग भने । भिटेनले आफ्नो रिलिज नभएको गीत समेत दमौलीमा गएका थिए ।
‘मिस क्विन तनहुँ २०१८’को उपाधि सोर्णीमा गुरुङले जित्न सफल भएकी छन् । उत्तरशिला चलचित्र मन्दिर दमौलीमा शनिबार साँझ सम्पन्न मिस क्विन तनहुँको सिजन ३ मा १४ जना प्रतियोगीलाई पछि पार्दै आबुखैरेनी गाउँपालिका वडा नम्बर ३ निवासी १९ वर्षकी गुरुङले उपाधी चुमेकी हुन् । प्रतियोगितामा भानु नगरपालिका वडा नम्बर २ नारेश्वटारकी १७ वर्षकी प्रभा श्रेष्ठ फस्ट रनरअप भइन् । सेकेन्ड रनरअपको उपाधी देविका खड्काले जितिन् । थर्ड रनरअपको उपाधी टिस्टा श्रेष्ठले जितिन् । त्यसैगरी भ्युअर चोइस अवार्ड गोरी गुरुङले जितिन् ।
हेर्नुहोस भिडियोमा :
https://youtu.be/rOADaJZ45AQ
यो पनि पढ्नुहोस :
‘मिस क्विन तनहुँ २०१८’को उपाधि आबुखैरेनीकी सोर्णीमा गुरुङलाई
मिस क्विन तनहुँ २०१८ को ग्राण्ड फिनालेमा चर्चित र्यापर भिटेनको प्रस्तुति
‘मिस क्विन तनहुँ २०१८’ को ट्यालेन्ट राउण्ड सम्पन्न
‘मिस क्विन तनहुँ २०१८’ का लागि दमौलीबाट १३ जना छनौट
सम्बन्धित खबर
मुग्लिन–पोखरा बाटो सहज बन्दै
तनहुँको विमलनगर खण्ड आजदेखि एक महिना आंशिक बन्द हुने
तनहुँमा ‘स्वाइन फिभर’ले बङ्गुर मरेपछि ओसारपसारमा रोक
प्रजातन्त्र दिवसको अवसरमा देवघाट गाउँपालिकामा दीप प्रज्जवलन
बन्दीपुरमा वडाध्यक्षको कुटपिटबाट वडा सचिव घाइते
१५ वर्षपछि दमौलीमा फेरि थालियो सामूहिक गहुँखेती
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो