मुस्ताङ जिल्लाको थुसाङ गाउँपालिका वडा नम्बर २ को सानुसरे भीरमा १४ हजार ५०० फिटको उचाईमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको तारा एयरको विमानमा सवार सबैको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जहाजमा सवार २२ मध्ये १४ जनाको शव भेटिएको छ। अन्यको खोजी भइरहेको उद्धारमा सहभागी सुरक्षाकर्मीले बताएका छन्। शव भेटिएकामध्ये केही चिनिने अवस्था र केही भने क्षतविक्षत अवस्थामा भेटिएको बताइएको छ।
प्रहरी निरीक्षक राजकुमार तामाङले अधिकांशको शव क्षतविक्षत अवस्थामा घटनास्थलमा फेला परेको जानकारी दिए । नेपाली सेनाको टोलीसँगै दुर्घटनास्थलमा पुगेका तामाङले केही शवहरु मात्र चिनिने अवस्थामा रहेको बताए ।
तारा एयरको सो विमान हिजो ९ः५५ बजे पोखरा विमानस्थलबाट जोमसोमका लागि उडेको थियो । उडेको १२ मिनेटमै सम्पर्कविहीन भएको थियो । हिजो दिनभर खोजी गरिए पनि प्रतिकूल मौसमका कारण फेला परेको थिएन । तर, आज विहान स्थानीयवासीहरुको टोलीले विमान दुर्घटनाग्रस्त अवस्थामा फेला पारेको थियो ।
जहाजमा चालकदलका ३ सदस्य, ४ भारतीय र २ जना जर्मनसहित ६ विदेशी र अन्य १३ जना नेपाली यात्रु गरी २२ जना सवार थिए ।
चालक दलका सदस्यहरु :-
१. क्याप्टेन प्रभाकर घिमिरे
२. को–पाइलट उत्सव पोखरेल
३. एयर होस्टेज क्रिष्टी थापा
यात्रुहरु :-
१. बान्देकर वैसवी
२.इन्द्रबहादुर गोले
३.पुरुषोत्तम गोले
४.राजनकुमार गोले
५.मेइक ग्रीटग्राफ
६.बसन्त लामा
७.गणेश नारायण श्रेष्ठ
८.रवीना श्रेष्ठ
९.रश्मी श्रेष्ठ
१०.रोजिना श्रेष्ठ
११.प्रकाश सुनुवार
१२.मकरबहादुर तामाङ
१३.राममाया तामाङ
१४.सुकुमाया तामाङ
१५.तुलसादेवी तामाङ
१६.अशोककुमार त्रिपाठी
१७.धनुश त्रिपाठी
१८.ऋतिका त्रिपाठी
१९.वी विलनर
सम्बन्धित समाचारः
हराइरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला पर्यो
विमानका क्याप्टेन प्रभाकरः जो हिमाली उडानमा अनुभवी, परिपक्व र प्रशिक्षक पनि हुन्
विमानका को–पाइलट २५ वर्षीय उत्सव रुकुम चौरजहारी क्षेत्रकै पहिलो पाइलट
जहाजमा अर्का पाइलट बसन्त लामा पनि सवार थिए
पोखराबाट मुस्ताङतर्फ उड्यो सेनाको हेलिकोप्टर
ब्रेकिङ न्यूजः मुस्ताङमा जहाज दुर्घटना भएको पुष्टि
पाेखरा–जाेमसाेम बेपत्ता जहाज अपडेटः को को थिए जहाजमा ? (नामावली)
पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन
सम्बन्धित खबर
विद्यमान परिस्थितिमा नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ: गण्डकी मुख्यमन्त्री पाण्डे
सार्वजनिक स्थलमा धूम्रपान र सूर्ति सेवन नगर्न प्रशासनको आग्रह, उल्लंघन गरे कारबाही हुने
बिलभन्दा बढी सामान बोकेको बोलेरो नियन्त्रणमा
पोखराबाट भरतपुर र नेपालगञ्जसम्मको हवाई उडान स्थगित
बोक्रो फेरिँदैमा भित्री गुदी फेरिँदैन : सांसद रेग्मीलाई अर्जुनचौपारीको व्यंग्यात्मक जवाफ
महालेखा परीक्षक कार्यालयको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’