पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन

पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन

FB_IMG_1653801392868

पोखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । विहान ९ बजेर ५५ मिनेटमा पोखरा विमानस्थलबाट उडेको जहाज साढे १० बजेदेखि सम्पर्कविहीन भएको हो ।

तारा एयरका एक अधिकारीका अनुसार अवतरण गर्ने समय भएपनि जहाज अहिलेसम्म सम्पर्कमा छैन । जहाजबारे खोजविन सुरु भएको छ ।

प्रहरीका अनुसार घोडेपानी भन्ने स्थानबाट विमान सम्पर्कविहीन भएको थियो । विमानमा १९ यात्रु रहेको बताइए पनि पुष्टि भएको छैन ।

विस्तृत विवरण अाउन बाँकि छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ