पोखरा । हिजोदेखि हराइरहेको तारा एअरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिल्वालले ट्वीटरमार्फत सो कुराको जानकारी दिएका हुन्।
मुस्ताङको थासाङ गाउँपालिकाको कोबाङ गाउँमाथि सानुसरी भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो। आइतबार साँझसम्म खोजी गर्दा जहाज फेला पर्न नसकेपछि सोमबार बिहानै खोजी सुरु गरिएको हो।

आइतबार बिहान ९ बजेर ५५ मिनेटमा उडेको जहाज १० बजेर ७ मिनेटपछि सम्पर्क विहीन भएको थियो। पोखरादेखि जोमसोम उडेको उक्त तारा एयरको जहाजमा रहेका सबैको मृत्यु भएको आशंका गरिएको छ।
जहाजमा चालकदलका ३ सदस्य, ४ भारतीय र २ जना जर्मनसहित ६ विदेशी र अन्य १३ जना नेपाली यात्रु गरी २२ जना सवार थिए।
सम्बन्धित समाचारः
विमानका क्याप्टेन प्रभाकरः जो हिमाली उडानमा अनुभवी, परिपक्व र प्रशिक्षक पनि हुन्
विमानका को–पाइलट २५ वर्षीय उत्सव रुकुम चौरजहारी क्षेत्रकै पहिलो पाइलट
जहाजमा अर्का पाइलट बसन्त लामा पनि सवार थिए
पोखराबाट मुस्ताङतर्फ उड्यो सेनाको हेलिकोप्टर
ब्रेकिङ न्यूजः मुस्ताङमा जहाज दुर्घटना भएको पुष्टि
पाेखरा–जाेमसाेम बेपत्ता जहाज अपडेटः को को थिए जहाजमा ? (नामावली)
पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन
सम्बन्धित खबर
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्याइयो निर्वाचन सामग्री
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?