पोखराबाट जोमसोम उडानका क्रममा दुर्घटनामा परेको तारा एयरको जहाजको अवस्था पत्ता लगाउनका लागि पोखरा विमानस्थलबाट नेपाली सेनाको हेलिकप्टर त्यसतर्फ प्रस्थान गरेको छ ।
काठमाण्डौबाट आएको नेपाली सेनाको एमआई ५७ हेलीकप्टर पोखरा विमानस्थलमा ल्याण्ड भइ केही समयअघि मुस्ताङ तर्फ उडेको हो ।
पोखरा विमानस्थलबाट हेलिकप्टरमा नेपाली सेनाका जर्नेल बाबुराम श्रेष्ठ नेतृत्वको टोली त्यसतर्फ गएको हो । पोखराबाट मुस्ताङको जोमसोमका लागि बिहान ९ बजेर ५५ मिनेटमा उडेको तारा एयरलाइन्सको विमान सम्पर्कविहीन भएसँगै त्यसको खोजीकार्यलाई तीव्र बनाइएको छ ।
यसअघि मुस्ताङबाट जहाज खोज्न परिचालन गरिएको फिस्टेल एयरको हेलिकप्टर प्रतिकूल मौसमका कारण जोमसोम नै फर्किएको थियो ।नेपाली सेनाको राउण्डको टोली मुस्ताङको घाँसाबाट पनि जमिनबाटै रेस्क्यू टोली घटनास्थलमा गएको छ ।
वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज शर्मा कँडेलले ९ एन एईटी कल साइनको ट्वीनअटर जहाज भेटिइसकेको तर दुर्घटनास्थलमा जान मात्रै नसकेको पुष्टि गरिसकेका छन् । जहाज लार्जुङको बायाँपट्टि खोचमा भेटिएको तर जान नसकिएको बताएका छन् । दुर्घटना क्षेत्र थासाङ गाउँपालिकाको लार्जुङमा पर्छ ।

तर, सरकारी निकायहरूले भने अहिलेसम्म जहाज दुर्घटना भएको पुष्टि गरेका छैनन् । तारा एयरको आज बिहान ९:५५ मा पोखराबाट उडेको उक्त जहाज उडेको १२ मिनेटमै सम्पर्कविहीन भएको थियो । यो जहाजमा चालक दलका ३ सदस्य र १९ यात्रु छन् ।
सम्बन्धित समाचारः
ब्रेकिङ न्यूजः मुस्ताङको लार्जुङ खोँचमा जहाज दुर्घटना भएको पुष्टि
पाेखरा–जाेमसाेम बेपत्ता जहाज अपडेटः को को थिए जहाजमा ? (नामावली)
पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन
सम्बन्धित खबर
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
‘निट पत्रकारिता पुरस्कार’बाट कोइराला पुरस्कृत
पोखरामा सँगै मदिरा पिएपछि विवाद हुँदा साथीको हत्या, दुई जना पक्राउ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
कल्याण श्रेष्ठले सरकार ढाल्न लागेको चर्चाका बीच उनकै निवास पुगिन् प्रधानमन्त्री कार्की