पोखराबाट जोमसोम उडानका क्रममा दुर्घटनामा परेको तारा एयरको जहाजको अवस्था पत्ता लगाउनका लागि पोखरा विमानस्थलबाट नेपाली सेनाको हेलिकप्टर त्यसतर्फ प्रस्थान गरेको छ ।
काठमाण्डौबाट आएको नेपाली सेनाको एमआई ५७ हेलीकप्टर पोखरा विमानस्थलमा ल्याण्ड भइ केही समयअघि मुस्ताङ तर्फ उडेको हो ।
पोखरा विमानस्थलबाट हेलिकप्टरमा नेपाली सेनाका जर्नेल बाबुराम श्रेष्ठ नेतृत्वको टोली त्यसतर्फ गएको हो । पोखराबाट मुस्ताङको जोमसोमका लागि बिहान ९ बजेर ५५ मिनेटमा उडेको तारा एयरलाइन्सको विमान सम्पर्कविहीन भएसँगै त्यसको खोजीकार्यलाई तीव्र बनाइएको छ ।
यसअघि मुस्ताङबाट जहाज खोज्न परिचालन गरिएको फिस्टेल एयरको हेलिकप्टर प्रतिकूल मौसमका कारण जोमसोम नै फर्किएको थियो ।नेपाली सेनाको राउण्डको टोली मुस्ताङको घाँसाबाट पनि जमिनबाटै रेस्क्यू टोली घटनास्थलमा गएको छ ।
वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज शर्मा कँडेलले ९ एन एईटी कल साइनको ट्वीनअटर जहाज भेटिइसकेको तर दुर्घटनास्थलमा जान मात्रै नसकेको पुष्टि गरिसकेका छन् । जहाज लार्जुङको बायाँपट्टि खोचमा भेटिएको तर जान नसकिएको बताएका छन् । दुर्घटना क्षेत्र थासाङ गाउँपालिकाको लार्जुङमा पर्छ ।

तर, सरकारी निकायहरूले भने अहिलेसम्म जहाज दुर्घटना भएको पुष्टि गरेका छैनन् । तारा एयरको आज बिहान ९:५५ मा पोखराबाट उडेको उक्त जहाज उडेको १२ मिनेटमै सम्पर्कविहीन भएको थियो । यो जहाजमा चालक दलका ३ सदस्य र १९ यात्रु छन् ।
सम्बन्धित समाचारः
ब्रेकिङ न्यूजः मुस्ताङको लार्जुङ खोँचमा जहाज दुर्घटना भएको पुष्टि
पाेखरा–जाेमसाेम बेपत्ता जहाज अपडेटः को को थिए जहाजमा ? (नामावली)
पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन
सम्बन्धित खबर
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधि
रास्वपाको पोखरामा फागुन १० गते तयारी गरिएको सभा अचानक स्थगित
कास्की–२ का उम्मेदवारबीच जेसीज ‘ककस’ हुँदै
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला