पोखराको नदीपुरमा रहेको प्रतिभा माध्यमिक विद्यालयमा जारी वार्षिक शैक्षिक तथा खेलकुद पुरस्कार वितरणको त्रिदिवसीय कार्यक्रम अन्तर्गत दोस्रो दिन कक्षा २ देखि १० सम्मका उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका शिक्षा महाशाखाका अधिकृत जीवन रेग्मीले विद्यार्थीहरुको वार्षिक पुरस्कार भनेको विद्यार्थीको हौसलाको आधार भएको हुँदा विद्यालय तथा अभिभवाकहरुले आफ्ना बालबाललिकाहरुलाई पढाइमा ध्यान दिनु पर्नेमा जोड दिए । साथै, पुरस्कृत विद्यार्थीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरे ।

कार्यक्रममा शैक्षिकसत्र ०७६/०७७ सालका शैक्षिक तथा अतिरिक्त क्रियाकलाप अन्र्तगत उत्कृष्टता हाँसिल गरेका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । विद्यालयका प्रिन्सिपल विश्वगोपाल पराजुलीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ३ का अध्यक्ष रविन्द्र बहादुर प्रजू, विद्यालयका संस्थापक अध्यक्ष नारायण पौडेल तथा अभिभावक खेमराज आचार्यले शुभकामना मन्तव्य व्यक्त गरे ।
विद्यालयका सहायक प्रिन्सिपल बुद्धिमोहन पौडेलले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रिन्सिपल प्रदीप खनाल र अतिरिक्त क्रियाकलाप प्रमुख प्रकाश अधिकारीले गरेका थिए । सो अवसरमा विद्यार्थीहरुले नृत्य लगायत सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।

त्रिदिवसीय कार्यक्रमको पहिलो दिन विहीबार कक्षा नर्सरीदेखि १ सम्मका उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । मूल समारोह शनिबार हुनेछ । शनिबार प्रतिभा सम्मान समारोह २०७८ अन्तर्गत प्रा. डा. अभि सुवेदीलाई प्रतिभा विशेष व्यक्तित्व पुरस्कार, नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई प्रतिभा वर्ष पुरस्कार, उत्कृष्ट विद्यार्थीलाई प्रतिभा रत्न एवम् वार्षिक पुरस्कार वितरण कार्यक्रम हुने विद्यालयका निर्देशक किरण सापकोटाले जानकारी दिएका छन् ।
प्रतिभामा पुरस्कार वितरणः पहिलो दिन नर्सरीदेखि एकसम्मका उत्कृष्ट विद्यार्थी पुरस्कृत
सम्बन्धित खबर
वालिङमा लागूऔषधसहित युवक पक्राउ
स्याङ्जामा निर्वाचन सामग्री आइपुग्यो, तयारी तीव्र
स्याङ्जामा बेवारिसे अवस्थामा भेटिएका पुरुषको उपचारकै क्रममा मृत्यु
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधि
यो पनि पढौँ
अतितका परिवारले भन्योः कार मिलिन्द तुलाचनले चलाएका हुन्, २ जनाले घरबाट लिएर गएका थिए
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) का विद्यार्थी दीक्षित