पोखराको नदीपुरमा रहेको प्रतिभा माध्यमिक विद्यालयमा वार्षिक शैक्षिक तथा खेलकुद पुरस्कार वितरणको त्रिदिवसीय कार्यक्रम सुरु भएको छ ।
पहिलो दिन विहीबार कक्षा नर्सरीदेखि कक्षा एक सम्मका उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको छ । शुक्रबार कक्षा २ देखि १० र शनिबार ११ र १२ का विद्यार्थीलाई पुरस्कृत गरिनुका साथै विशेष समारोह आयोजना गरिने विद्यालयले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि विद्यालयका प्रिन्सिपल विश्वगोपाल पराजुलीले विद्यालयले व्यवहारिक र समय सान्दर्भिक गुणस्तरीय शिक्षा प्रदान गर्न अझै सक्रिय रहने बताए । साथै पुुरस्कृत विद्यार्थीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा शैक्षिक सत्र २०७६/७७ सालका शैक्षिक तथा अतिरिक्त क्रियाकलाप अन्तर्गत उत्कृष्टता हासिल गरेका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । संस्थाका निर्देशक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संस्थापक सदस्य तारा केसीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
विद्यालयकी शिक्षिका जमुना गिरीले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको सञ्चालन मन्टेश्वरी इन्चार्ज पद्मा अर्याल र शिक्षिका निर्मला सुवेदीले गरेका थिए । उक्त अवसरमा कक्षा १ का विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।

शनिबार प्रतिभा सम्मान समारोह २०७८ अन्तर्गत प्रा. डा. अभि सुवेदीलाई प्रतिभा विशेष व्यक्तित्व पुरस्कार, नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई प्रतिभा वर्ष पुरस्कार, उत्कृष्ट विद्यार्थीलाई प्रतिभा रत्न एवम् वार्षिक पुरस्कार वितरण कार्यक्रम हुने विद्यालयका निर्देशक किरण सापकोटाले जानकारी दिएका छन् ।
सम्बन्धित खबर
गण्डकी प्रदेशद्वारा ६ साहसी आरोही सम्मानित
सरकारद्वारा जारी नियमावलीप्रति इक्यान कास्कीको गम्भीर आपत्ति, तत्काल फिर्ता लिन माग
मापदण्डविपरीत चौपाया ढुवानी गर्ने एक जना पक्राउ
नक्कली शैक्षिक प्रमाणपत्र प्रयोगको आरोपमा अर्जुनचौपारीका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी र मधेशका प्रदेश प्रमुखबीच पोखरामा भेटवार्ता
गण्डकी प्रज्ञा–प्रतिष्ठान कुलपतिमा न्यौपाने
यो पनि पढौँ
सरकार पक्षले बलजफ्ती शव बुझ्न दबाब दिएपछि गणेश नेपालीका बुबाले गरे आत्महत्याको प्रयास
बालेनले नै मेयर हुँदा २ वर्ष अघि तोकेका थिए चर्को जरिवाना
पीसीएमको ‘एनुअल फेस्ट–२०२६’ सम्पन्न, सांगीतिक कार्यक्रमदेखि प्रविधि र उद्यमसम्मको आकर्षण
ट्याक्सी, बस लगायतका सार्वजनिक सवारीमा अब भित्र र बाहिर क्यामेरा अनिवार्य, यस्तो छ स्वीकृत मापदण्ड