पोखरा । लागुऔषध मुद्धामा बुधबार पक्राउ परेका ’लाउरे’ नामले चर्चित र्यापर आशीष राना मगरलाई थप अनुसन्धानका लागि कास्की प्रहरीले ८ दिन म्याद थपेको छ । हिजो सार्वजनिक बिदाका कारण म्याद थप हुन सकेको थिएन । आज ८ दिन म्याद थप गरिएको कास्की प्रहरीले जनाएको छ ।
प्रहरीसँगको प्रारम्भिक बयानमा उनले आफूले लागुऔषध प्रयोग गर्ने गरेको स्विकार गरेका छन् । लाउरे बुधबार पोखराको न्यूरोड नजिकै जाल्पारोडको एक घरको कोठाबाट पक्राउ परेका थिए । युवतीसँगै रहेका र्यापर लाउरे र अन्य दुई युवक पनि पक्राउ परेका हुन् ।
लाउरे पाेखरा ९ नयाँबजार निवासी हुन् । युवती स्याङ्जा भिरकोट नगरपालिका ६ घर भई पोखरा – ८ सभागृह बस्ने २२ वर्षिया सुस्मिता गुरुङ हुन् । यस्तै, लागुऔषध कारोबारी पोखरा २१ घर भई हाल पाेखरा १७ छोरेपाटन बस्ने ३९ वर्षिय ध्रुबहादुर थापा र कास्कीकाे रूपा ७ घर भइ पाेखरा १ बगर बस्ने ३० वर्षिय बिक्कि भन्ने नवीन गुरुङ पक्राउ परेका हुन् । उनीहरु लागुऔषध कारोबारी हुन् ।
उनीहरुको साथबाट १३.०१ ग्राम लागुऔषध प्रहरीले फेला पारेको थियो । लाउरे कास्की प्रहरीको हिरासतमै छन् ।
कारोबार पुष्टि भएको अवस्थामा र्यापर लाउरे कम्तिमा ५ वर्षसम्म जेल जान सक्छन् । यदि कारोबार गरेको पुष्टि नभएको तर सेवन मात्र गरेको पुष्टि भएको अवस्थामा एक वर्षसम्म कैद र १० हजारसम्म जरिवाना हुन सक्नेछ । एक वर्षसम्म कैद हुने मुद्दामा चिकित्सा केन्द्रमा उपचार गराउने गरी परिवारले जिम्मा लिएर पनि जान सक्नेछ ।
सम्बन्धित समाचारः
चर्चित र्यापर आशिष राना ‘लाउरे’ पोखराबाट पक्राउ
‘लाहुरे’ले ड्रग्स सेवन गर्ने स्वीकारे, प्रहरीसँग भने– ‘ड्रग्स नखाई कार्यक्रममा जान सक्दिनँ’
कारोबार पुष्टि भए ५ वर्ष जेल, सेवनको हकमा १ वर्ष
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा