पोखरा । ‘लाउरे’ नामले चर्चित र्यापर आशीष राना मगरले आफू लागुऔषध प्रयोगकर्ता भएको स्विकारेका छन् । प्रहरीसँगको प्रारम्भिक बयानमा उनले आफूले लागुऔषध प्रयोग गर्ने गरेको स्विकार गरेका हुन् ।
उनी बुधबार बेलुकी पोखराको न्यूरोड नजिकै जाल्पारोडको एक घरको कोठाबाट पक्राउ परेका थिए । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार र्यापर लाउरेको प्रत्यक्ष संलग्नतामा ब्राउन सुगरको डिलिङ र किनबेच भएको पाइएको छ । गोप्य सूचनाको आधारमा प्रहरीले पछ्याउने क्रममा युवतीसँगै रहेका र्यापर लाउरे र अन्य दुई युवक पक्राउ परेका हुन् । उनी पनि कारोबारमा संलग्न रहेको प्रहरीको दाबी छ । उनीहरुको साथबाट झण्डै १४ ग्राम लागुऔषध प्रहरीले फेला पारेको थियो ।
श्रोतका अनुसार लाउरेले बयानमा भनेका छन् – ‘म ड्रग्स नलिई कार्यक्रममा जान सक्दिनँ, स्टेज पर्फमेन्स गर्न सक्दिनँ ।’
कास्की प्रहरीले लाहुरे विरुद्ध लागुऔषध सम्बन्धी मुद्दामा उनीमाथि अनुसन्धान गर्न जिल्ला अदालत कास्कीबाट अनुमति लिइसकेको छ । बिहीबार तमु ल्होसारको बिदा परेको कारण शुक्रबार लाउरेको म्याद थपेर थप अनुसन्धान गर्ने प्रहरीले जनाएको छ । लाउरे कास्की प्रहरीको हिरासतमै छन् ।
५ वर्षसम्म जेल जाने सम्भावना
कारोबार पुष्टि भएको अवस्थामा र्यापर लाउरे ५ वर्षसम्म जेल जानसक्ने सम्भावना छ । प्रचलित कानुन अनुसार कारोबारसमेत पुष्टि भएको अवस्थामा र्यापर लाउरे ५ वर्षदेखि १० वर्षसम्म जेल जानसक्ने देखिएको हो ।
लागू औषध नियन्त्रण ऐन २०३३ को संशोधन २०७२ को दफा १४ मा दण्ड सजायसम्बन्धी व्यवस्था छ । उक्त ऐनको दफा १४ को उपदफा १ (छ) मा अफिम, कोका वा सोबाट बनेको लागू औषधको कारोबार गर्नेलाई मात्रा हेरी सजाय गर्ने व्यवस्था छ । बुँदा १ मा २५ ग्रामसम्मको कारोबार गर्ने व्यक्तिलाई पाँच वर्षदेखि १० वर्षसम्म कैद र पाँच हजारदेखि २५ हजारसम्म जरिवाना हुने व्यवस्था रहेको छ ।

तर यदि र्यापर लाउरेले कारोबार गरेको पुष्टि नभएको तर सेवन गरेको पुष्टि भएको अवस्थामा एक वर्षसम्म कैद र १० हजारसम्म जरिवाना हुन सक्नेछ । एक वर्षसम्म कैद हुने मुद्दामा चिकित्सा केन्द्रमा उपचार गराउने गरी परिवारले जिम्मा लिएर पनि जान सक्नेछ ।
र्याप गाएर चर्चा कमाएका लाहुरे रियालिटी शो हिमालय रोडिजको निर्णायक पनि हुन् । ताण्डव फिल्ममा अभिनयदेखि फिल्महरुमा समेत ओएसटी गाएका लाउरे स्व. र्यापर यम बुद्धका मिल्ने साथी थिए । उनी ‘र बार्ज’ को ब्याटलबाट उदाएका र्यापर हुन् ।
पोखराको नयाँबजार घर भएका लाउरे यसअघि विवादमा आएका थिएनन् । भिटेन, साकार जस्ता समकालीन र्यापरहरू विवादमा छाइरहँदा उनी विवादबाट बाहिरै थिए । नेपहपको बाटो, हाउडे, केस नं. ४२०, मेरो सोल्टा, तीतो सत्य, चुप लाग, सुपर रागा, दुई रुपैयाँ जस्ता उनका चर्चित गीतहरू छन् ।
सम्बन्धित समाचारः
चर्चित र्यापर आशिष राना ‘लाउरे’ पोखराबाट पक्राउ
सम्बन्धित खबर
खगेन्द्र सुनारको अडियो सार्वजनिकपछि प्रहरीले आन्तरिक रूपमा बुझ्ने र निगरानी गर्ने काम अघि बढायो
८ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन