काठमाडौं बाँसबारी स्थित न्यूरो अस्पतालमा उपचाररत पोखरा महानगरपालिका मेयर मानबहादुर जिसीको शल्यक्रिया सफल भएको छ ।
शनिबार पूर्वान्ह १० बजेदेखि सुरु भएको ‘Hemicraniectomy Operation’ सफल भएको पूर्व स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले जानकारी दिए । ‘दुई घण्टासम्म चलेको अप्रेशन सफल भएको छ । उहाँको स्वास्थ्य अवस्था हाल सुधारात्मक रहेको छ ।’ – तिमिल्सिनाले भने ।
उपेन्द्र देवकोटा मेमोरियल अन्तर्गत सञ्चालित न्यूरो अस्पतालका न्यूरो सर्जनहरुको टीमले शल्यक्रिया गरेका हुन् । २२ घण्टा प्रत्यक्ष निगरानीमा उपचार गरेपछि चिकित्सकको टोली शल्यक्रिया गर्ने निर्णयमा पुगेको हो ।
बातचित गर्न सक्ने अवस्थामा रहेका मेयर जिसीलाई औषधिबाटै आराम हुने अपेक्षा गरिएको थियो । आज हल्का स्वेलिङ्ग (सुन्निएको) देखिएपछि अब अप्रेशन नै गर्नु पर्छ भन्दै चिकित्सकहरुले शल्यक्रियाको तयारी गरेका थिए । ४८ घण्टा भित्रै शल्यक्रिया गर्दा उपयुक्त हुने चिकित्सकको निश्कर्ष थियो ।
शुक्रबार बिहान ४ बजे अचानक अप्ठेरो महसुस गरेका मेयर जिसीलाई रानीपौवाको मेडिप्लस हुँदै मणिपाल शिक्षण अस्पताल लगिएको थियो । चिकित्सकहरुले मस्तिष्कघात पुष्टि गरेका थिए । डा. बालगोपाल कर्माचार्यसहितका मणिपालका चिकित्सकको सल्लाहमै मेयर जिसीलाई शुक्रबार मध्यान्ह १२ बजे हेलिकोप्टरमा काठमाडौं लगिएको हो ।
सम्बन्धित समाचारः
मेयर जिसीको न्यूरो बाँसबारीमा उपचार हुँदै, डाक्टरको प्रत्यक्ष निगरानीमा
मेयर जिसीलाई मनिपालबाट ‘हेलि एभरेष्ट’ मार्फत् काठमाण्डौ लगियो
पोखराका मेयर जिसीलाई मस्तिष्कघात





सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह