पोखरा नदिपुर स्थित प्रतिभा माध्यमिक विद्यालयको नाम शिक्षा क्षेत्रमा मुलुककै अग्रणी विद्यालयका रुपमा आउँछ, कारण यहाँका विद्यार्थीले प्राप्त गरेको नतिजा । उसो त गुणस्तर मापन आइएसओ प्राप्त विद्यालय नै हो प्रतिभा । यस्तै, सामाजिक तथा खेलकुद क्षेत्रमा पनि प्रतिभा माविले आफूलाई यहाँ अग्रणी विद्यालयको रुपमा उभ्याएको छ ।
विद्यार्थी तथा खेलाडीहरुको मनोबल उच्च बनाउन, बालबालिकाका प्रतिभालाई प्रस्फुटन गर्न विद्यालयले आर्थिक सहयोग समेत गर्दै आएको छ । सन्दिप लामिछाने, अरुणा शाही जस्ता प्रतिभालाई नगद एक लाखले सम्मान गरिसकेको विद्यालयले मुलुकमा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी शुरतीलाई समेत एकमुष्ठ डेढ लाख बढीले सम्मान गरिसकेको छ ।
मानवीय विपदमा समेत प्रतिभा अगाडि देखिएको छ । म्याग्दी जिल्लाका बाढी पहिरो पीडितलाई प्रतिभाले ५० हजार नगदसहित सम्मान गरेको छ । बाढीपहिरोमा परी विस्थापित भएकालाई राहत तथा पुनस्र्थापनामा सघाउने उद्देश्यका साथ विद्यालयले म्याग्दीका सिडिओ ज्ञाननाथ ढकाललाई सो रकम हस्तान्तरण गरिएको प्लस टु संयोजक एवं सञ्चालक समिति सदस्य किरण सापकोटाले जानकारी दिएका छन् ।
सहयोग रकम लिएर विद्यालयका विद्यार्थी, अभिभावक जिल्ला प्रशासन कार्यालयमा पुगेका थिए । सिडिओ ढकालले जिल्लामा हुने हरेक सामाजिक तथा मानवीय सेवामा समुदायको सक्रियताबाट उत्साहित भएको बताए ।

प्रतिभा माविको अहिलेसम्मका उल्लेखनीय कामका समाचारहरुः
प्रतिभावान् क्रिकेटर सन्दिपलाई पोखरामा प्रतिभाको एक लाखसहित सम्मान (फोटो फिचर)
भलिबलकी कप्तान अरुणा एक लाखको प्रतिभा वर्ष पुरस्कारबाट सम्मानित
कक्षा १२ मा सर्वोत्कृष्ट प्रतिभा मावि पोखराकी शुरती पाण्डेलाई डेढ लाखसहित सम्मान
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ