किरण श्रेष्ठ, तनहुँ । तनहुँमा एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । तनहुँ जिल्लामा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ निर्देशनालय गण्डकीका अनुसार ऋषिङ गाउँपालिकाका २८ वर्षीय पुरुषमा कोरोना देखिएको हो ।
तनहुँका कोरोना संक्रमित पुरुष जेठ १० गते भारतबाट आएका थिए । व्यास नगरपालिकाको क्वारेन्टाइनमा रहेका युवासँगै अन्य १० जना पनि सोही टोलीमा तनहुँ आएका थिए ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा २८ वर्षीय पुरुषको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए । उनको अवस्था सामान्य रहेको र अहिले दमौली अस्पतालको आइसोलेसनमा राख्ने तयारि भईरहेको छ ।
तनहुँका पहिलो कोरोना संक्रमित संग क्याम्पसको क्वारेन्टाइनको कोठामा अन्य ४ जना समेत संगै बस्ने गरेको प्रमुख जिल्ला अधिकारि बद्रिनाथ अधिकारीले बताए । ‘अन्यको रिपोर्ट आएको छैन । प्रजिअ अधिकारीले भने ‘सायद नेगेटिभ भएर होला अहिले केहि सुचना आएको छैन ।
कोरोना संक्रमित युवकलाई छुट्टै कोठामा राखिएको प्रजिअ अधिकारीले जानकारी दिए । अन्यको रिपोर्ट नेगेटिभ आए क्वारेन्टाइनमा बसेको १४ दिन भएपछि आरडिटि गरिने प्रजिअ अधिकारीले बताए । उनले थपे ‘व्यास नगरपालिका, ऋषिङ गाउँपालिका र म्याग्दे गाउँपालिकाका लागि दमौली अस्पतालमा बनाएको ८ बेडको आइसोलेसन हो ।’
कोरोना संक्रमितको संख्या बढेको खण्डमा दंमौली अस्पतालमा आवश्यकता अनुसार आइसोलेसन बेड थप्ने तयारी भईरहेको प्रजिअ अधिकारी बताउछ्न ।
उनीहरुको सँगै व्यास नगरपालिकाका ५४ जनाको गत १६ गते शुक्रबार थ्रोट स्वाब लिइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए ।
जसमध्य ५१ जना भारतबाट आएका हुन् भने अन्य ३ जनामा क्वारेन्टाइनका सुरक्षाकर्मी, आदिकवि भानुभक्त क्याम्पसका प्रमुख र एक जना खान बनाउनेको पीसीआर विधिबाट कोरोना परिक्षण गरिएको प्रमुख सोतीले जानकारी दिए । अन्यको रिपोर्ट भने आइसकेको छैन । उनले भने , ‘भारतबाट आएको भएपनि ट्राभल हिस्ट्री खोजिरहेका छौं ।’
व्यास नगरपालिकाले बनाएको उक्त क्वारेन्टाइनमा उनिसंगै ९८ जना बस्दै आएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
तनहुँका ३९० जनाकाे पीसीआर विधिबाट कोरोना परिक्षण गरिएको छ । जसमा १ जनाको रिपोर्ट पाेजिटिभ, ३२० जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ६९ जनाकाे रिपाेर्ट आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए ।
आवश्यक अवस्थाका लागि भनेर जिल्लामा हालसम्म २६ एम्बुलेन्स, ९६ थर्मल गन, १९४ वेड क्षमताको क्वारेन्टिन, ४२ वेड क्षेमताको आइसोलेशन कक्षा, ४६६ पिपिइ र ६२ वटा हेल्थ हेल्प डेस्क तयारी अवस्थामा राखिएको छ ।
सम्बन्धित खबर
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा