गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरामा लकडाउन यता दुई युवाको हत्या भएको छ । दुवैलाई मारेर गाडिएकोमा प्रहरी हत्यारा पत्ता लगाउन सफल पनि भएको छ ।
जेठ ३ गतेदेखि हराइरहेका कास्कीको मादी गाउँपालिका घर भई हाल पोखरा महानगरपालिका २७, लेखनाथ, अघौँमा बस्दै आएका २४ वर्षीय सुजन बिक ३ दिनपछि मंगलबार मृत भेटिएका थिए । उनी पनि मारेर गाडिएकै अवस्थामा भेटिए । हत्यामा संलग्न दुई जनालाई कास्की प्रहरीले विहीबार सार्वजनिक गरेको छ । सुजनको शव सृजना बहिरा स्कुल नजिकै खेतको कुलो छेउमा खाल्डो खनेर पुरेको अवस्थामा भेटिएको थियो ।
यी दुवै घटनामा हत्याराहरु मृतककै साथी हुन् । बिकको हत्या आरोपमा प्यूठान गौमुखी गाउँपालिका वडा नं ३ डिहिगाउँ घर भएका २१ वर्षका थमन पुनमगर र २३ वर्षका प्रकाश घर्तीमगर पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीका अनुसार बिजुलीको पोल गाड्ने काम गर्ने उनीहरु गत जेठ ३ गते शनिबार साँझ सँगै मदिरा सेवन गरी घर फर्कने क्रममा विवाद भएपछि ढुङ्गाले हानेर हत्या गरेको अनुसन्धानबाट खुल्न आएको छ । चोक देखि ३ सय मिटर भित्र फर्निचर पसल पछाडि खेतमा माटोले पुरेको अवस्थामा फेला पारेको थियो । बारी गोडमेल गर्नेहरुले माटोमाथि हातको औंला देखिएपछि शव रहेको थाहा भएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनाका विषयमा १० जनालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो ।
घटना विवरण
गत जेठ ३ गते राति पोखरा २७ सुन्दरीबजार बस्ने २४ वर्षीय सुजन बिक, प्युठान गौमुखी ३ डिहिगाउँ घर भई सुन्दरीबजार नै बस्ने वर्ष २३ का प्रकाश घर्ती मगर र सोहि ठाउँका वर्ष २१ का थमन पुन मगर मिली ३ जना भएर राति साढे ७ बजेसम्म रक्सी खाए । सोहि क्रममा रक्सी लाग्दै गएपछि आपसी विवाद भयो । सुजनले अपशब्द बोल्दै हल्ला गर्न थाले । त्यसपछि तथानाम गाली गलौज गरेपछि आवेशमा आई थमनले सुजनलाई मुक्का प्रहार गरे ।
टाउकोको पछाडि भागमा मुक्का हानेपछि सुजन भुईंमै थचक्क बसेर चिच्याउन थाले । त्यसपछि प्रकाशले तत्काल फेला परेको सानो ढुंगाले टाउकोकै पछाडि हानिदिए । थमनले ठूलो ढुंगा ल्याएर टाउकोको देब्रे पट्टी हानिदिए । सुजनको तत्काल मृत्यु भयो । त्यसपछि दुवैले सुजनको शव उचाली नजिकै गाह्रोभित्र फालेर कोठामा गए ।
उनीहरु कोठामा पुगेपछि चुरोटमा गाँजा भरेर खाए । सुजनकी आमा उजेली बिक छोरा खोई त भन्दै आईन् । उनीहरु दुवैजनाले आएको छैन र ? भनेर उत्तर दिए । आमा फर्केपछि उनीहरु पुनः शव भएकै स्थानमा पुगे । नजिकै खुकुलो माटो र ढुंगा भएको ठाउँमा पुगेर हातले नै ढुंगामाटो हटाएर काठको दाउराले माटो खसाली खाडल बनाई त्यहीं पुरिदिए । यतिबेला सम्म राति साढे १२ बजिसकेको थियो । उनीहरु त्यसपछि कोठामा गई सुते ।
भोलिपल्टसम्म आमा उजेलीले छोरा कुरिरहिन् । तर सुजन आएनन् । त्यसपछि जेठ ५ गते प्रहरी कहाँ पुगेर लिखित निवेदन दिइन् । जेठ ६ गते बेलुकी ५ बजेतिर पोखरा २७ भिमसेन स्थान नजिकै नेत्रबहादुर पुनको खेतमा शंकास्पद अवस्थामा मानिसको लास जस्तो देखिएको भनेर प्रहरीकहाँ फोन आयो । तत्काल ईलाका प्रहरी कार्यालय शिशुवाबाट डिएसपी अर्जुन रानाभाटको कमाण्डमा घटनास्थलमा पुगेको प्रहरी टोलीले सुजनलाई खाल्डोमा गाडिएको अवस्थामा भेटेको थियो । तत्काल लाश निकाली मुचुल्का समेतको अनुसन्धान कार्य सम्पन्न गरी पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठाइएको थियो ।
हेर्नुहोस् भिडियोहरुः
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी