पोखरा महानगरपालिका वडा नं. १४ निवासी २२ वर्षीय बिमल रानाभाट एक महिनादेखि गायब बने । उनलाई कतै फेला पारिएन । नयाँ वर्षको दिन उनलाई देखिएको थियो । त्यसपछि साथी, छरछिमेक कसैले देखेनन् । घर नबस्ने स्वभावको भएकाले सुरुका केही दिन त परिवारले साथीकहाँ नै होला भन्ठाने, त्यसपछि पनि घरपरिवारको सम्पर्कमा थिएनन् । परिवारका सदस्यले पनि आफन्त, साथीभाइ लगायत उनी जान सक्ने स्थान जताततै खोजीनिधि गरे तर भेटिएनन् ।
एक महिनापछि उनलाई भेटियो तर खाल्डोमा पुरिएको अवस्थामा । कास्की प्रहरीले रानाभाटको शव घर पछाडिको मकै बारीमा गाडिएको अवस्थामा शनिबार निकाल्यो । घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई पक्राउ गरी विज्ञप्तीमार्फत जानकारी पनि दिएको छ ।
सो घटनामा संलग्न रहेको अभियोगमा पोखरा १४, समिनताराका २१ वर्षीय ज्ञानबहादुर परियारसहित स्थानीय १८ वर्षीय सञ्जय दर्जी, १८ वर्षीय कुमार परियार र बागलुङ गल्कोट घर भइ हाल पोखरा समिनतारा बस्ने वर्ष १९ का सागर परियारलाई नियन्त्रण लिएको जानकारी दिए ।
तीमध्ये मुख्य अभियुक्त ज्ञानबहादुर परियार मृतक रानाभाटकै मिल्ने साथी हुन् । उनीहरु असाध्यै मिल्थे । काम पनि सँगै गर्थे । मितज्यू भनेर एक अर्कालाई सम्बोधन गर्थे । परियारले साथी बिमललाई सधैं आफ्नै घर लैजान्थे । परियार विवाहित थिए । घरमा श्रीमती थिईन् । समयक्रमसँगै बिमल आफ्नी श्रीमतीसँग लसपस गरेको परियारलाई शंका थियो । आफू नभएको बेला धेरै पटक नै बिमल आफ्नी श्रीमतीसँग एउटै बन्द कोठामा भेटिएका थिए । एकै ओछ्यानमा साथी र श्रीमती भेटिएको धेरै नै पटक देखेको छिमेकी समेतको भनाई छ ।
https://youtu.be/8bQfNhfU8KQ
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्की स्वयं शव उत्खननका क्रममा घटनास्थल पुगेर निरीक्षण गरेका थिए । ती चारै जना युवकहरुको प्रारम्भिक बयान आधारमा प्रहरीले शनिबार बिहान ८ बजे मृतक रानाभाटको घर पछाडि बारीको डिलमा गाडिएको अवस्थामा सडेगलेको अवस्थामा निकालिएको उनले जनाए ।
आफ्नै साथीलाई घनले हानेर मारी गाडेको भन्ने स्वीकारेपछि बयान आधारमा शव निकाल्न सकिएको प्रहरीले जनाएको छ ।शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको थियो ।
पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनायो ।
तस्विर/भिडियोः मेरो साथी टिभी
सम्बन्धित खबर
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
पोखरा–दुबई उडानको एक वर्षको टिकट बुकिङ खुला
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
गण्डकी प्रदेश प्रमुख भट्ट समक्ष अख्तियारको प्रतिवेदन पेस
नवप्रवर्तन र प्रविधिमैत्री शिक्षाका लागि एसओएस गण्डकी र एआईसीएनबीच सहकार्य
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन
तनहुँमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २१ वर्षीय राना पक्राउ