गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
तनहुँ । तनहुँको भानु नगरपालिकाको वडा नम्बर ५ र ६ को सिमाना नाबरुङ्ग स्थित फापरपानी खोल्सामा बिहिबार एक युवक मृत अवस्थामा भेटिएका थिए । भानु-१ भन्सार निवासी १९ वर्षीय पविन गुरुङ मृत अवस्थामा खोल्सामा भेटिएका हुन् ।
गत बुधबार (वैशाख ९ गते) स्थानीय युवा बीच झडप भएको र उक्त झडप पछि सम्पर्कमा नआएका गुरुङ बिहीबार फापरपानी खोल्सामा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सामान्य भनाभनको निहुँमा युवा बीच झडप भएको प्रारम्भिक अनुसन्धानमा बुझिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी विनोद सिलवालले बताए ।
उक्त घटनामा भानु-५ का वडा अध्यक्ष प्रकाश मल्ल(टाइसन) सहित १६ जना युवा संलग्न भएको आशंकमा अनुसन्धानका लागि हिरासतमा राखेको प्रमुख एसपी सिलवालले जानकारी दिए ।
उक्त घटनाका विषयमा थप अनुसन्धान भईरहेको र मृतकको शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको भएपनि हालसम्म शव परीक्षण हुन सकेको छैन ।
उक्त घटनामा संलग्न भएको आशंकामा पीडित पक्षले वडा अध्यक्ष मल्ल सहित १६ जना युवा विरुद्ध किटानी जाहेरी दिने प्रयास गरेपनि प्रहरीले किटानी जाहेरी लिन नमानेको मृतकका बुबा बुद्धिराज गुरुङले बताए । प्रकाश मल्ल नेपाली काङ्ग्रेसबाट निर्वाचित वडाअध्यक्ष हुन ।
‘वडाअध्यक्ष प्रकाश मल्लकै संलग्नतामा आफ्नो छोराको हत्या गरिएको हो ।’ गुरुङले भने ‘प्रहरी जाहेरी लिन मानेन ।’ उनले भने ‘प्रहरीले वडाअध्यक्षको नाम हटाएर जाहेरी ल्याउनुस भनेर दबाब दिएको छ ।’ किटानी जाहेरीमा १६ जनाको नाम रहेको मृतकका बुबा बुद्धिराज गुरुङले बताए ।
वडाअध्यक्षको नाम राख्नु गलत भयो भनेर प्रहरीले भनेको गुरुङले बताए । वडाअध्यक्षकै चलखेलमा यो घटना घटाएको मृतकका बुबाको आरोप छ ।
शुक्रबार राति आएको र सुनेको आधारमा किटानी जाहेरीमा धेरैको नाम रहेको हुँदा दर्ता नभएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपि विनोद सिलवालले बताए ।
पोखरा-११ रानीपौवा बस्ने गुरुङ लकडाउनको समयमा दिदिको घर आएका थिए । मृतक गुरुङ कक्षा ११ मा अध्ययनरत थिए ।
यसो भन्छन मृतकका बुबा बुद्धिराज गुरुङ (भिडियो)
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
स्याङ्जा–२ मा झविलाल डुम्रेको चुनावी प्रतिबद्धता सार्वजनिक, सुशासनदेखि कृषि र पूर्वाधारसम्म प्राथमिकता
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस