पोखरा । व्यक्ति तथा सहकारीसँग १० करोड बढी रकम लिएर पोखरा गणेशटोलकी जसुदा पौडेल फरार भएको समाचार सार्वजनिक भएको भोलिपल्टै उनी युट्युब च्यानलमार्फत सार्वजनिक भईन् । सम्पर्कविहीन भएको स्विकारिन्, झण्डै त्यतिनै रकम तिर्नुपर्ने पनि स्विकार गरिन् तर डिभोर्सी श्रीमान् र मिडिया विरुद्ध खनिइन् ।
पूर्व श्रीमान् सुरेन्द्रमणि पौडेल विरुद्ध त उजुरी नै दिएर कास्की प्रहरी झिकाइन्, भिडियो अन्तर्वार्तामा मिडिया विरुद्ध पनि उजुरी दिन्छु भनेकी उनले उजुरी भने दिएकी थिइनन् ।
‘समाचार झुटो हो, म भागेकी छैन, पैसा लिएकाहरु सबै दिदी बहिनी, मिल्ने साथी हुन्’ भनेकी उनले बुधबार विज्ञप्ति नै निकालेर मिडियासँग माफी मागेकी छिन् । पूर्वपतिका बिरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा आवेग तथा बहकाउमा आई दर्ता गराएको उजुरी समेत फिर्ता लिएको पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
उनले आफ्नो नाममा रहेको सम्पति तथा व्यवसायबाट माइती, साथीभाई तथा आफन्तको साथ लिई कारोबार मिलाउने प्रतिबद्धता व्यक्त गरेकी छन् । जसुदाले आफू पोखरामै रहेको र अहिले आफ्नो पुरानो सम्पर्क नम्बर संचालनमै रहेको समेत जनाएकी छन् ।
पूर्व श्रीमानको यातनाले मर्ने सम्मको अवस्था आएको, समाचारले झनै मर्नु न बाँच्नु बनाएको बताएकी उनले भिडियोमा आफूसँग करोडौंको सम्पति भएको समेत बताएकी थिइन् । लिनुपर्ने मान्छे फेक हो भनेकी उनले केही मिनेटमै नाता जोड्न थालेकी थिईन् । जसुदा सोहि अन्तर्वार्तामै चुकेकी थिईन् ।
अहिले गल्ती महसुस गर्दै माफी मागेकी हुन् । उनले अब सबैको पैसा तिर्ने भनेकी छिन् । पैसा दिनेहरु पनि मिटर ब्याजीको लोभमा दिएकाहरु भएकाले प्रहरीसँग उजुरी गर्न समेत पुगेनन् । यस मुद्धा अघि बढेमा पैसा दिने, लिने सबै छानविनको दायरामा आउने थिए । तर उजुरी नै फिर्ता लिएपछि प्रहरीलाई पनि हाईसञ्चो भएको छ ।
जसुदाले आफ्ना साथीहरु, आफन्त, विजनेस पार्टनर सहित नजिकका १०–१५ जना साथीहरुलाई गरी करिब ५–७ करोड रकम तिर्न रहेको बताएकी छन् । व्यक्ति बाहेक आफ्नो सहकारीमा २–३ करोड ऋण रहेको स्वीकार गर्दै जसुदाले सहकारीको ऋण धितोमा भएको र आफ्नो अन्य जग्गा जमिन तथा जायजेथा रहेकाले बिस्तारै सबै रकम तिर्ने प्रतिबद्धता जनाएकी छिन् ।

पूर्वपति सुरेन्द्रमणि पनि आफै सम्पर्कमा आए
जसुदाका पूर्वपति सुरेन्द्रमणि उजुरी फिर्तासँगै मिडियामा आएका छन् ।
गण्डकन्यूजसँग सम्पर्कमा आएका पौडेलले भने – ‘म विरुद्ध दिएको उजुरी फिर्ता भएको छ । म यसमा संलग्न थिएन । मसँग पहिल्यै सम्बन्ध विच्छेद भइसकेको हो । एक्कासी भिडियोमा म र मिडिया विरुद्ध खनिँदा उनी फेरि अर्को तनावमा रहिन् । कारोबार मिलाउँछु भनेकी छिन् । केही ठाउँमा म नै जमानत बसेको थिएँ । समन्वय गर्ने काम गर्छु । उनले सबै कुरा बिर्सेर माफी मागेर मिडियामा आइसकेको अवस्थामा म उनलाई केहि पनि भन्दिनँ । ७ र ९ बर्षका छोराछोरी छन् । मेरो जिम्मामा छन् । तसर्थ, म उनको व्यक्तिगत कुराहरु केहि पनि बोल्न चाहन्नँ । मिडिया मार्फत म पनि सार्वजनिक हुँदा मेरो अफिसियल कामहरुमा बाधा पुगेको छ । उनी मेरी श्रीमती थिईन्, म मुछिनु स्वभाविक पनि हो ।’
सम्बन्धित समाचारः
१० करोड ठगेर पोखराकी जसुदा फरार प्रकरणः के हो वास्तविकता ?
१० करोड ठगी आरोपी जसुदा भन्छिन्ः ‘श्रीमानले फसाए, ज्यान जोगाउन हराएँ’ (भिडियो)
जसुदा (१० करोड) प्रकरणः मिडियासँग माफी मागिन्, श्रीमान् विरुद्ध उजुरी फिर्ता, ‘कारोबार मिलाउँछु’
ठगी आरोपमा पक्राउ परे जसुदा र सुरेन्द्रमणि
सम्बन्धित खबर
८ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
यो पनि पढौँ
पोखरा लेकसाइडमा खुल्यो जापानी आतिथ्यसहितको ‘UNPLAN Pokhara Hotel and Retreat’
कास्कीबाट काँग्रेस महाधिवेशनमा पदाधिकारीसहित १० जनाको उम्मेदवारी
नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा युवा उद्यमी किरण केसीको उम्मेदवारी
बिपुल क्षेत्रीको लाइभ कन्सर्ट कार्तिक १३ गते पोखरामा हुँदै