पोखरा । पोखराको मनिपाल अस्पतालका स्वास्थ्यकर्मीको लापरबाहिका कारण बिरामीको मृत्यु भएको आरोप लगाइएको छ । मंगलबार साँझ अस्पतालका स्वास्थ्यकर्मीले एउटा बिरामीलाई लगाउनु पर्ने सुई अर्कै बिरामीलाई लगाईदिएपछि बागलुङ जैमनी वडा नम्बर ८ का ७५ बर्षीय धनराज परियारको मृत्यु भएको आफन्तले बताएका छन्।
‘त्यहाँ काम गर्ने स्वास्थ्यकर्मीहरुले सँगैको अर्काे बेडमा रहेकोअर्कै बिरामीको लागि ल्याएको सुई ल्याएर बुबालाई लगाएपछि उहाँको मृत्यु भएको हो’ – धनराजका छोरा केशव परियारले भने, ‘सुई लगाउनासाथ बुबा वाकवाकी लाग्यो भनेर निस्कनु भयो र दुई मिनेटमै उहाँको मृत्यु भयो ।’
अर्काको लागि ल्याएको सुई आफ्नो बुबालाई लगाई दिएपछि स्वास्थ्यकर्मीले जिब्रो टोक्दै बाहिर निस्केको कुरुवा बहिनी बिमलाले पनि देखेको उनले बताए । केशवका अनुसार टाउको दुख्ने तथा खोकि लाग्ने भएपछि धनराजलाई आइतबार मनिपाल ल्याईएको थियो । अस्पताल ल्याएपछि इमरजेन्सी कक्षमा लगिएको धनराजको इसिजी गरेपनि रिपोर्टमा केहि नदेखिएपछि स्वास्थ्यकर्मीले उनलाई ओपिडीमा पठाएका थिए ।
धनराजको मृत्युपछि आफन्तहरुले दोषीलाई कारवाही र क्षतिपूर्तिको माग गर्दै शवको जिम्मा लिन मानेका छैनन् । अस्पताल प्रशासन र आफन्तबीच बुधबार वार्ता भएपनि निष्कर्ष बिनै टुङ्गिएको छ । अस्पतालको तर्फबाट वार्तामा बसेका डाक्टर फोन सम्पर्कमा आएका छैनन् ।
वार्ताको क्रममा अस्पताल प्रशासनका ब्यक्तिहरुले अर्काे सुई लगाउनु गल्ती भएको स्वीकार गरेपनि सुईकै कारण बिरामीको मृत्यु नभएको दाबी गरेको समाचार आजको ढोरपाटन दैनिकमा छापिएको छ ।
सम्बन्धित खबर
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
मेयर आचार्य अस्पतालबाट डिस्चार्ज
आन्तरिक पर्यटनको प्रवर्द्धन गर्दै घार्मीका आमाहरु
पर्यटन प्रवर्द्धनका लागि टान गण्डकीको पहल
राधाकृष्ण मन्दिर शान्ति आश्रममा शिवरात्री महामहोत्सव २०८१ हुने
यो पनि पढौँ
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो