हिन्दू महिलाको महान पर्वको रुपमा मानिने हरितालिका तीज नजिकिँदै गर्दा कास्की जिल्ला प्रशासनले तीजमा हुने भड्किलो गतिविधि रोक्न सूचना प्रकाशित गरेको छ ।
केही वर्षयता तीजको नाममा महीना दिन अगाडिदेखि हुने भड्किलो गतिविधिले तीजको सांस्कृतिक एवं धार्मिक महत्वलाई गौण बनाउँदै लगेको भन्दै यसको संरक्षणमा जुट्न केही दिनअघि नारी जागरण अभियानले मुख्य मन्त्री, पोखरा महानगरपालिका प्रमुख, जिल्ला प्रशासन कार्यालयलगायतमा ज्ञापनपत्र बुझाएको थियो ।
मुख्यमन्त्री, सामाजिक विकासमन्त्री, आन्तरिक मामिलामन्त्री, प्रमुख प्रमुख जिल्ला अधिकारी सबैले तीजको मौलिकतालाई जोगाउन र भड्किलो गतिविधि रोक्न प्रयास गरिने प्रतिबद्धता व्यक्त गरेका थिए । प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेलेद्वारा हस्ताक्षरित सूचनामा तीजको मौलिकता विपरीतका भड्किलो गतिविधि रोक्न आग्रह गरिएको छ । कहीँ कतै सूचनाको बर्खिलाप भएमा कानूनबमोजिम कारवाही हुने व्यहोरासमेत सूचनामा उल्लेख गरिएको छ ।
सम्बन्धित खबर
वन उद्यम स्थापना सम्बन्धी अभिमुखीकरण एवं कार्यशाला गोष्ठी सम्पन्न
दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव शुरु
लेकबाट बेसी झर्न थाले भेडाका बथान
करमा छलकपट गर्नेलाई बढी दण्ड: प्रमुख कर अधिकृत शर्मा
ट्रायल सेन्टरमा मन्त्री केसीको छड्के निरीक्षण
विश्वकप खेल्ने गण्डकीका खेलाडी र संघ अध्यक्ष सम्मानित
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते