स्पोर्ट्स अवार्डको पूर्वसन्ध्यामा टिभिएसको -याली, तयारी पूरा

स्पोर्ट्स अवार्डको पूर्वसन्ध्यामा टिभिएसको -याली, तयारी पूरा

Pokhara Sports (1)

पोखरा । तेस्रो टिभिएस अपाचे पोखरा स्पोर्ट्स् अवार्ड २०७४ को पूर्वसन्ध्यामा मुख्य प्रायोजक बतास ब्रदर्श प्रा.लि. र आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले विहीबार बिहान पोखरामा ¥याली निकालेको छ ।

युवाहरुमाझ लोकप्रिय टिभिएसको उत्पादन जुपिटर भर्सन २ र अपाचे आरटीआर २०० लिएर झण्डै ५० युवाहरु ¥यालीमा सहभागी भए । बतास ब्रदर्श प्रालि.को कार्यालय नयाँबजारबाट सुरु भएको टिभिएस ¥याली महेन्द्रपुल, चिप्लेढुंगा, सभागृहचोक, सृजनाचोक, हल्लनचोक, राष्ट्रबैंकचोक, विरौटाचोक, पृथ्वीचोक हुँदै पुनः कार्यालयमै पुगेर समापन भएको थियो ।

¥यालीमा नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठक, बतास ब्रदर्श प्रालिका सेल्स मेनेजर सन्तोष पोखरेल लगायत चार दर्जन युवाहरु टिभिएसको बाइक र स्कुटरमा सहभागी थिए ।

शुक्रबार हुने तेस्रो टिभिएस अपाचे पोखरा स्पोर्ट्स् अवार्ड २०७४ को तयारी पूरा भएको छ । पोखरा सभागृहमा दिउँसो २ बजेदेखि हुने कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा प्रमुख अतिथिका रुपमा पोखरा आउनेछन् । चर्चित गायकहरु कर्णदास, एस कुमार, विनोद बानियाँका प्रस्तुति, हिमाली सांस्कृतिक परिवारका समेत प्रस्तुति रहनेछ । कार्यक्रममा प्रवेश निःशुल्क रहेको सचिव रञ्जन अधिकारीले जानकारी दिए ।

पोखरा स्पोटर््स् अवार्डको सर्वोत्कृष्ट वर्ष खेलाडी पुरुषमा कमलबहादुर भण्डारी (शारिरिक सुगठन), करण केसी (क्रिकेट) र तिलक पुन मगर (आर्चरी) परेका छन् । सर्वोत्कृष्ट वर्ष खेलाडी महिलातर्फ बिमला नेपाली (सितेरियो कराँते), कमला पुन (हक्की) र केशरी आले मगर (आर्चरी) मनोयनमा अटेका छन् ।

वर्ष उत्कृष्ट उदीयमान खेलाडीतर्फ विवेक अधिकारी (एथ्लेटिक्स), बुद्धिमाया मगर ‘कविता’ (कबड्डी) मेगबहादुर सेन (क्रिकेट) मनोनित छन् भने वर्ष उत्कृष्ट प्रशिक्षक बिधामा जीवन घिमिरे (शारीरिक सुगठन), रिजन प्रजु (क्रिकेट) र शिवबहादुर गुरुङ (फुल कन्ट्याक्ट कराँते) मनोनयनमा परेका छन् ।

विजेताहरुले टिभिएस अपाचे मोटरसाइकल, टिभिएस विगो स्कुटर, नगद, ट्रफी लगायत पुरस्कार प्राप्त गर्नेछन् । लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रा.डा. वीरेन्द्रसिंह गुरुङ, उत्कृष्ट खेल संघ जिल्ला ब्याडमिन्टन संघ कास्की र एक जना पत्रकारलाई खेल पर्यटन पत्रकारिता पुरस्कार समेत अर्पण गरिनेछ । पोखरेली गायक बिनोद बानियाँलाई समेत सम्मान गरिनेछ । उदयमान खेलाडी र सम्मानित पत्रकारलाई वल्र्डवाइड कनेक्सन चिप्लेढुंगाको तर्फबाट एक÷एक थान सामसुङ कम्पनीको आकर्षक मोबाइल समेत प्रदान गरिनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ